सामसुङ स्मार्ट महोत्सव सुरु

214

सामसुङ ईलेक्ट्रोनिक्स नेपालको आधिकारिक विक्रेता ँहिम ईलेक्ट्रोनिक्स र ँत्रिवेणी व्यापारले संयुक्त रूपमा हर्ष र उमङ्गको पर्व दशैं र तिहारको उपलक्ष्यमा यहि आश्विन १४ देखी कार्तिक २९ सम्म स्मार्ट महाउत्सब नामक योजना बजारमा ल्याएको छ । यो योजना मार्फत ग्राहकहरूले सामसुङ ईलेक्ट्रोनिक्सको सामसुङ टिभी, फ्रिज र वासिङ्ग मेसिनको खरिदमा आकर्षक पुरस्कार पाउने जानकारी दिइको छ । सामसुङ टिभीको कुनै पनि मोडल खरिदमा स्टेट अफ द आर्ट सामसुङ डिजिटल क्यामेरा, सामसुङका लेटेस्ट मोवाईल फोन र टाईमेक्स घडिहरू पाउन जनाइएको छ ।
यस्तै, सामसुङ रेफ्रिजेनेटरको खरिदमा ग्राहकहरूले टाईमेक्स घडिहरू र बजाज मिक्सर पाउन सक्ने कम्पनीले जानकारी दिएको छ । सामसुङ वासिङ्ग मेसिनको खरिदमा बजाज आइरन प्राप्त गर्न सकिन्छ । स्मार्ट महा उत्सव मा कुनै पनि ग्राहकले हात खालि नजाने उपहार पाउन सकिनेछ ।
अन्तर्राष्ट्रिय स्तरमा अत्यन्तै रुचाईएको सामसुङ ईलेक्ट्रोनिक्सले, विगतमा जस्तै यसपालि पनि चाडपर्वको अवसरमा उपभोक्ताहरूको सन्तुष्टिको लागि यो योजना ल्याएको जानकारी दिइएको छ ।
नेपालमा सामसुङ ईलेक्ट्रोनिक्स अन्य ईलेक्ट्रोनिक्स भन्दा भिन्न र लोकप्रिय मानिएको छ । सामसुङ सामानहरू विशेष रुचाईनुको कारण मध्ये यसले निरन्तर रूपमा भित्राउने नयाा तथा उपयोगि प्रविधीहरूनै प्रमुख मानिएको छ । यसले टिभी, स्मार्टफोन, स्मार्ट घडी, ट्याव्लेट, क्यामेरा, डिजिटल सामानहरू, प्रिन्टर, चिकित्सकिय उपकरण, नेटवर्क सिस्टम, सेमि कन्डक्टर, र एलईडि हरू उत्पादन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here