प्रधानमन्त्रीसहित आठ मन्त्रीद्वारा शपथ ग्रहण

395

काठमाडौँ, २५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति डा रामवरण यादवसमक्ष राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।

समारोहमा राष्ट्रपति डा यादवले नवनिर्वाचित प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र उपप्रधानमन्त्री तथा भौयोक योजना मन्त्री विजयकुमार गच्छदारलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
राष्ट्रपति डा यादवले नेकपा एमालेका तर्फबाट अग्नि खरेल, सोमप्रसाद पाण्डे र सत्यनारायण मण्डल, एकीकृत नेकपा माओवादीका तर्फबाट हरिबोल गजुरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट रामकुमार सुब्बालाई पनि मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
ओली व्यवस्थापिका¬–संसद्को आइतबार भएको निर्वाचनमा प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, निवर्तमान प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्बाङ, कामु प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, मुख्यसचिव, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, सभासद्हरु, तीनै सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च अधिकृतहरु सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here