चीनसँगका नाका सञ्चालन गर्न र थप नाका खोल्न संसदीय समितिको निर्देशन

153

काठमाडौ, कार्तिक २३ व्यवस्थापिक संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अत्यावश्यक वस्तुको आपूर्तिलाई सहज बनाउनका लागि , चीनसँगको नाकालाई सञ्चालन गर्न र थप नाकाहरु खोल्नका लागि पहल गर्न सरकारलाई सुझाव दिएको छ ।

डेढ महिना भन्दा लामो समयदेखि भारतले एक तर्फि रुपमा लगाउँदै आएको नाकाबन्दीका कारण आपूर्ति व्यवस्थामा समस्या उत्पन्न भएपछि सोमबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समितिले आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि भारतसँगको असहज अवस्थालाई अन्त्यका लागि कूटनीतिक पहल गर्न पनि आग्रह गरेको छ । समितिका सभापति प्रभु साहको अध्यक्षतामा बसेको बैठकले सरकारलाई तराई–मधेसमा गत भदौ १ गतेदेखिको निरन्तर आन्दोलनलाई वार्ता र संवादका माध्यमबाट हल खोज्न पनि निर्देशन गरेको छ ।
बैठकमा बोल्ने अधिकांश सांसदले नेपाल–भारतबीचको समस्यालाई कूटनीतिक माध्यमबाट समाधान खोज्न सरकारसँग आग्रह गर्दै मानवीय सङ्कट गहिरिँदै गएका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन पनि सुझाव दिएका थिए । औषधि, खाद्यान्नजस्तो अत्यावश्यक सामग्री पनि भारतले नेपाल आउन अवरोध गरेको भन्दै सांसदले भूपरिवेष्टित देशले पाउने पारवहन अधिकारलाई उपयोग गर्न सरकारलाई आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here