ग्यासको लागि निगमले उपलब्ध गरायो टेलिफोन नम्बर

250

काठमाडौं, कात्तिक २४– नेपाल आयल निगमले आजबाट इन्धनको मौज्दात सकिन लागेकोले लाइन नबस्न आग्रह गरेको छ । भारतसँगको सीमानाकाबाट केही दिनदेखि इन्धन आयात ठप्पप्रायः भएकोले निगमले यस्तो आग्रह गरेको हो ।

यद्यपि निगमले सर्वसाधारणको लागि ग्यास उपलब्ध कहाँ–कहाँ हुन्छ भन्नेबारे टेलिफोनबाट जानकारी दिने भएको छ । निगमका निर्देशक मुकुन्द घिमिरेका अनुसार सर्वसाधारण उपत्यकामा ग्यास उपलब्ध हुने स्थानहरुको जानकारीका लागि ०१–४२६१५८६ नम्बरमा सम्पर्क गर्न सकिने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here