मोदी कायर र मनोरोगी भएको आरोप

169

काठमाडौं/ कुनै जमानाका चिया पसले नरेन्द्र मोदी अहिले भारतका प्रधानमन्त्री छन् । विश्व चर्चित सर्च इन्जिन ‘गुगल’मा ‘विश्वका टपटेन क्रिमिनल’ को सूचीमा एक नम्बरमा मोदीको तस्बिर देखिन थालेको छ, मोदीको तस्बिरलाई विश्वका मूर्ख व्यक्तिहरूको सूचीमा पनि गुगलले अग्रस्थानमै राखेको छ । तर अब उनलाई उनकै देशको राजधानी दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि मोदी कायर र मनोरोगी भनेर ठोकुवा गरेका छन् ।
गत मंगलबार भारतको राजधानी दिल्लीका मुख्यमन्त्री केजरीवालको कार्यालयमा सीबीआईले छापा मारेपछि भारतमा नयाा शक्तिका रूपमा उदाएका आम आदमी पार्टी (आप)का नेता तथा दिल्लीका मुख्यमन्त्री केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई कायर र मनोरोगीको आरोप लगाएका छन् । मुख्यमन्त्री केजरीवालको सरकारी कार्यालयमा सीबीआईले छापामारी सिल गरिदिएपछि केजरीवालले सामाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री मोदीप्रति कडा टिप्पणी गर्दै मोदी कायर र मानसिक रोगी भएको जनाएका छन् । उनले आफ्नो कार्यालयमा सीबीआईले छापा मार्नुमा मोदी जिम्मेवार भएको भन्दै मोदीले राजनैतिक रूपमा प्रतिस्पर्धा गर्न नसकेपछि कायरतापूर्ण तरिकाले सीबीआईलाई प्रयोग गरेको आरोप लगाएका छन् । केजरीवालको कार्यालयमा सीबीआईले छापा मारेको विषयमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मुख्यमन्त्रीको कार्यालयमा सिल गर्नुलाई अभूतपूर्व भन्दै यसबाट आफू आश्चर्यमा परेको ट्वीट गरेपछि जवाफमा केजरीवालले ममतालाई सम्बोधन गर्दै मोदीले मुलुकमा अघोषित संकटकाल लगाएको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here