काठमाडौ, ८ पुस –उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा नेपाल पाँच दीने औपचारीक भ्रमणका लागि चीन प्रस्थान गर्दैछन् । थापा नेतृत्वको उच्चस्तरिय टोली नेपाल चीन सम्बन्धको ६० औँ वर्षगाठको अवसरमा चीन भ्रमण गर्न लागेको हो । उपप्रधानमन्त्री थापा नेतृत्वको टोली आज दिउँसो १ बजे थाई एअरलाइन्सको विमानमार्फत चीन जान लागेको हो । चीन भ्रमणमा जान लागेको टोलिमा उपप्रधानमन्त्री थापासँगै कानूनमन्त्री अग्नि खरेल, परराष्ट्र सचिव र बाणिज्य सचिव पनि चीन भ्रमणमा जाने कार्यक्रम रहेको छ ।
थापाले चीन भ्रमणका क्रममा चीनवाट नेपाल ल्याउने इन्धनका विषयमा उच्चस्तरिय छलफल गर्ने जनाइएको छ । त्यस्तै दुई मुलुकबीच व्यापार र सहयोग आदानप्रदानका विषयमा पनि छलफल हुने जनाइएको छ ।