दुवै छिमेकीको विश्वास गुमाउादै प्रम ओली

257

काठमाडौं/ संविधान निर्माणपछि आफ्ना माग सम्बोधन नभएको भन्दै भारतले नेपालमा नाकाबन्दी गरेपछि भारतीय पक्षलाई चुनौती दिादै राष्ट्रियताको जनआधारमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओलीले भारतसागै छिमेकी मुलुक चीनको विश्वास पनि गुमाएका छन् । भारतले आपूर्ति व्यवस्थामा अवरोध गर्दै नाकाबन्दीमा उत्रिएपछि चीनसाग व्यापारिक सम्झौता विस्तार गर्ने तथा चीनसागको सम्बन्धलाई थप मजबुत बनाउने अवसर पाएका ओलीले पछिल्लो समय चीनसागको सम्बन्धलाई बेवास्ता गर्दै भारततर्फ नजिकिन खोजेपछि चीन उनीसाग सशंकित भएको हो । सुरुमा ओलीको अडानका कारण केही विश्वास गर्न खोजेको चीनले प्रधानमन्त्री भएलगत्तै चीनसागको व्यापार विस्तार तथा सम्बन्ध सुधारका बारेमा बोलेका ओलीले आफ्नो पुरानो अडानमा यथावत् रहन नसकेपछि ओलीलाई विश्वास गरिहाल्न नसक्ने सोचमा पुगेको कूटनीतिज्ञहरूले विश्लेषण गर्न थालेका छन् । व्यापारिकलगायत महत्वपूर्ण सम्झौता तथा समझदारीका लागि चीन भ्रमण गर्ने जनाएका ओलीले भारतलाई रिझाउन एकाएक भारत भ्रमण गर्ने घोषणा गरेपछि चीनले उनी अडानविनाका प्रधानमन्त्री भएको भन्दै केपीलाई विश्वास नगर्ने सोचमा पुगेको अनुमान गरिएको छ । यता भारतलाई रिझाउन भारततर्फ तत्काल भ्रमण गर्ने योजना सार्वजनिक गरेका ओलीसाग चीन चिढिएपछि भारतले पनि उनलाई महत्व दिन छोडेको छ । सुरुमा भारतलाई चिढाएका उनलाई भारतले सहजै विश्वास गर्ने अवस्था थिएन । तर प्रधानमन्त्री भएपछिको पहिलो भ्रमण चीन गर्ने सम्भावना देखेको भारतले ओलीको चीनसागको सम्बन्ध बिगार्नका लागि केही महत्व दिएको जस्तो गरेको थियो । आफ्नो योजनामा सफल भएपछि भारतले ओलीले भारत भ्रमणका लागि महत्व दिादा समेत खासै चासो नदेखाएको र यसैको परिणाम हालसम्म पनि भ्रमणको मिति तय हुन नसकेको विश्लेषकहरूले दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here