विप्लव माओवादीका कार्यकर्ताहरू धमाधम पक्राउ

292

काठमाडौं/ तराई टुक्र्याउने आन्दोलनका नाइके सिके राउतले खुल्लमखुल्ला तराईमा विखण्डनकारी गतिविधि गर्दा चुपचाप हेरिरहेको ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरूलाई भने धमाधम पक्राउ गर्न थालेको छ । गृह मन्त्रालयको ठाडो आदेशमा प्रहरीले झापा, इलाम, विर्तामोड, चितवन, अछाम र दार्चुलालगायतका जिल्लाहरूबाट माओवादी कार्यकर्ताहरू गिरफ्तार गरेको सो माओवादीले जनाएको छ । माओवादीले गृह मन्त्रालयको ठाडो आदेशमा आफ्ना कार्यकर्ताहरू पक्राउ गरिरहेको र बपक्राउ परेका कार्यकर्ताहरूलाई निर्मम यातना दिइरहेको जनाएको छ ।
यसैबीच विप्लव माओवादीले आफ्ना कार्यकर्ताहरूलाई विनाकारण गिरफ्तार तथा यातना दिएको भन्दै सरकारलाई कडा चेतावनी दिएको छ । माओवादी सेती महाकाली ब्यूरो इन्चार्ज ओमप्रकाश पुनले राष्ट्रघात र भ्रष्टाचारका विरुद्ध आन्दोलनरत आफ्ना नेता कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको भन्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् । उनले एक विज्ञप्ति प्रकाशित गर्दै पक्राउ परेका आफ्ना कार्यकर्ताहरूलाई नि:शर्त नछाडेमा सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । उनले आफ्ना नेता कार्यकर्ताहरूलाई नछाडेमा आफूहरू नयाा संघर्षमा जान बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार र संसदवादी दलहरू हुनुपर्ने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here