राष्ट्रियता कमजोर हुनेगरी कुनै सम्झौता हुादैन : मन्त्री राई

288

काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मुलुकको राष्ट्रियता र अखण्डता कमजोर हुनेगरी कुनै पनि किसिमका सहमति/सम्झौता नहुने जनाउनुभएको छ । राष्ट्रिय स्वाधीनता तथा समसामयिक विषयको उठान गर्दै आएको मासिक पत्रिका स्वाभिमान नेपालको समीक्षा तथा विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले अहिलेको सरकार राष्ट्रिय संकटका बेला जनअपेक्षाअनुसार निर्माण भएकाले जनताको इच्छाविपरीत र राष्ट्रिय स्वाभिमान कमजोर हुनेगरी सरकारले कसैसाग पनि कुनै किसिमको सम्झौता नगर्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका बेला मुलुकको अहित हुने किसिमका सम्झौता हुनसक्ने आशंकाका बीच सञ्चारमन्त्री राईको यस्तो भनाइ सार्वजनिक भएको हो । पत्रिकाको विमोचन गर्दै मन्त्री राईले मुलुकको सार्वभौमिकतालाई कमजोर हुने कुनै पनि गतिविधिप्रति सरकार सचेत रहेको जनाउनुभयो । उहााले हालै हुन लागेको प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला मुलुकलाई असर पर्ने किसिमका कुनै पनि सम्झौता नहुनेमा पनि विश्वास दिलाउनुभयो । कार्यक्रममा बोल्दै मन्त्री राईले मुलुक संकटमा परेका बेला मुलुकको स्वाधीनता र स्वाभिमानलाई उच्च राख्ने गरी पत्रिका प्रकाशित हुनु गौरवको विषय भएको भन्दै स्वाभिमान नेपाल पत्रिकाले राष्ट्रियताका विषयहरूको निरन्तर उठान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 
त्यस्तै, स्वाभिमान नेपालको समीक्षा कार्यक्रममा पत्रिकाको समीक्षा गर्दै वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, संविधानविद् भीमार्जुन आचार्य, राजनीतिक विश्लेषक भरत दाहाल तथा पत्रिकाका सल्लाहकार तथा नेपाल सुनचाादी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले पत्रिकाले उठान गरेका विषय तथा मुलुकको हालको अवस्थाको बारेमा पनि आ–आफ्ना भनाइहरू राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here