लिपुलेकको विषय कमजोर बनाउन नेपाली नै लागे : दाहाल

173

राजनीतिक विश्लेषक भरत दाहालले स्वाभिमान नेपालमा प्रकाशित लिपुलेक कसको भन्ने समाचारमा केन्द्रित हुादै लिम्पियाधुरासम्मको जमिन नेपालको भए पनि लिपुलेकलाई नै नेपाल भारत सिमाना हो भन्ने पुष्टि गराउन नेपाली नै प्रयोग भइरहेको आरोप लगाउनु भयो । दाहालले लिपुलेकभन्दा ५३ किलोमिटर उताको नेपाली जमिनलाई केही नेपालीहरूले नै भारतीय भूमि हो भन्ने गरेको जनाउनु भयो । पछिल्लो समय सरकारले दुई देशका विषयमा छलफल गर्न गठित उच्चस्तरीय समितिमा पनि नेपालको भूमि नेपाल हो भन्न नसक्ने व्यक्तिलाई विज्ञको रूपमा राखेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहााले लिपुलेक जस्तो संवेदनशील विषयमा सरकारले कुनै प्रतिक्रिया नजनाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहााले नेपालको भूमिमा छिमेकी मुलुकहरूले सम्झौता गर्दा समेत सरकार चुप लाग्नु र केही बौद्धिक भनिनेहरू लिपुलेकभन्दा ५३ किलोमिटर परको लिम्पियाधुरासम्मको नेपालीभूमिको बेवास्ता गर्दै भारतको दाबीलाई नै आधिकारिक हो भन्दै प्रचारमा लागेको आरोप लगाउनुभयो । उहााले पत्रिकाले लिपुलेक जस्तो विषयमा महत्वपूर्ण लेख लेखेर सर्वसाधारणहरूलाई सत्यतथ्य जानकारी प्रदान गरेको भन्दै पत्रिकाप्रति आभार व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here