बाबुराम राष्ट्रद्रोही भन्दै खनिए प्रचण्ड

276

काठमाडौं/ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाबुराम भट्टराईलाई राष्ट्रद्रोही भएको आरोप लगाएका छन् । एनेकपा माओवादी पार्टी परित्याग गरेर अहिले नयाा शक्ति निर्माणमा जुटिरहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि राष्ट्रद्रोहीको गम्भीर आरोप प्रचण्डले लगाएका हुन् ।

काठमाडौं कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजना गरिएको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले डा. भट्टराई पार्टी परित्याग गरेर नयाा शक्तिमा लाग्नु बुढेसकालमा सम्बन्धविच्छेद गरेर नयाा श्रीमती भित्र्याकोजस्तै भएको जनाए ।

प्रचण्डले बाबुरामलाई पार्टीमा योगदान दिएको भरमा प्रधानमन्त्री बनाएको तर पार्टी परित्याग गरेर डा. भट्टराईले वैचारिक र सैद्धान्तिक अपराध गरेको आरोप लगाए । उनले अहिले गरेको गल्तीको प्रायश्चित गरी भट्टराई भविष्यमा पुन: एमाओवादीमा फर्किने दाबी गर्दै एमाओवादीमा फर्किनुको साटो भट्टराईको स्थिति बलियो भए मुलुक नै सकिने जनाए ।

त्यस्तै उनले पहिलो संविधानसभाको चुनावमा माओवादीले प्राप्त गरेको सफलतामा घमण्ड गरेकै कारण अहिले पार्टी तेस्रो स्थानमा खुम्चिनु परेको उनले जनाए । उनले अहिलेकै अवस्थामा गाउा तहको निर्वाचनमा पनि उम्मेदवार उभ्याउन सक्ने स्थिति नरहेको जनाउादै अबको दुई वर्षमा पार्टीलाई एक नम्बरको पार्टी बनाउने दाबी पनि गरे ।

एमाओवादी अध्यक्ष दाहालले पार्टीलाई सबैभन्दा ठूलो दलका रुपमा उभ्याउनका लागि गणतन्त्र, संघीयता, समानुपातिक/समावेशी, धर्मनिरपेक्षता जस्ता उपलब्धिका बारेमा जनतालाई जानकारी गराउनुपर्ने जनाए । उनले एमाओवादीका कारण नै उल्लेखित उपलब्धि सम्भव भएको भन्दै यसबारे जनतालाई बुझाउनसके अन्य दल पछाडि पर्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here