फरक पुरुषबाट १४ वटा सन्तान जन्माएर विश्व रेकर्ड !

276

विश्व रेकर्ड राख्ने होडबाजीमा रहेका मान्छेहरूले अनौठा काम गर्ने गरेका छन् । ती मान्छेहरूको भीडमा एक महिलाले पनि अनौठो खालको विश्व रेकर्ड कायम गरेकी छिन् । अमेरिकाको डेट्रोयटकी ३६ वर्षीया एक महिलाले मंगलबार १४औं सन्तान जन्माएर विश्व रेकर्ड कायम गरेकी छिन् ।

 
रेकर्ड यसकारण पनि विशेष छ, किनभने महिलाले जन्माएका सबै १४ सन्तानका पिता भने अलग–अलग पुरुष हुन् । यो रेकर्ड गिनिज बुकको २०१७ को संस्करणमा प्रकाशन हुनेछ । गिनिज बुकका अनुसार डेट्रोयटकी अनिता सुलिभानले १३ जना पुरुषका साथ यौनसम्बन्ध कायम गरेर बच्चा जन्माएकी हुन् । अनिताका अनुसार विश्व रेकर्ड बनाएपछि अहिले उनी गर्व महसुस गरिरहेकी छन् । किनभने उनी आमा उनलाई आलसी र बेकार भन्दै गाली मात्र गर्ने गर्दथिइन् । तर उनले आफ्नो नाममा रेकर्ड कायम गरेर त्यो सबै तोडेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here