सुरु भयो कांग्रेस महाधिवेशन

358

काठमाडौं, फागुन २० । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन औपचारिक रुपमा सुरु भएको छ । खुलामञ्चमा आयोजना गरिएको उद्घाटन सत्रको कार्यवाहक सभापति रामचन्द्र पौडेलले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन् ।
नेपाली कांग्रेसको १३औं महाधिवेशनमा उद्घाटन समारोहमा अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रीहरु विजयकुमार गच्छदार, चित्रबहादुर केसी, सीपी मैनालीलगायत सहभागी छन् । विदेशी नेताहरुमा भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमार उपस्थित छन् भने भारतका विभिन्न दलका नेताहरु पनि अतिथिका रुपमा सहभागी छन् । त्यसैगरी बंगलादेश, क्याम्बोडिया, पाकिस्तानलगायतका मुलुकबाट पनि महाधिवेशनमा शुभकामना दिन पाहुनाहरु आएका छन् ।
अहिले विभिन्न अतिथिहरुबाट शुभकामना मन्तव्यको कार्यक्रम चलिरहेको छ । कांग्रेसको यो महाधिवेशनमा तीनजनाबाट सभापतिको उम्मेदवारी दिइएको छ । वर्तमान कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा तथा कृष्णप्रसाद सिटौलाले सभापतिमा आफ्नो दाबेदारी पेस गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here