४ वर्षे बालकलाई जन्मकैद !

308

एउटा केवल चार वर्षको बच्चालाई विभिन्न अपराध गरेको अभियोग लगाएर जन्मकैद गरिएको घटना बताउादा हामीलाई पत्याउन गाह्रो छ । तर इजिप्टमा यस्तै घटना भएको छ । त्यहााको एक अदालतले ४ वर्षका बालकलाई जन्मकैदको सजाय सुनाएको छ । ती बालक एक वर्षको छादा उनले गरेको हत्याको अभियोगमा उनलाई अदालतले दोषी ठहर गर्दै यस्तो फैसला गरेको हो ।
अदालतले बालकविरुद्ध आजीवन काराबासको सजाय सुनाउादा अहमद मन्सुल कर्मी नामका ती बालक अदालतमा उपस्थित थिएनन् । उनीमाथि ४ जनाको हत्या, ८ जनाको ज्यान मार्ने उद्योग, एक ठाउामा सम्पत्ति लुटपाट तथा क्षतिका साथै पुलिस तथा सेनाका अधिकारीलाई धम्क्याएको अभियोग पनि लागेको छ । यी सबै अभियोग उनले एक वर्षको उमेरभित्रै गरेका थिए ।
सन् २०१४ को सुरुमा भएका घटनामा जन्मकैद सुुनाइएका ११५ जनामा अहमद पनि एक हुन् । उनीहरूलाई पश्चिम कायरोस्थित एक अदालतले यस्तो सजाय सुनाएको छ । ती बालकका वकिल फैसल अल सायदका अनुसार अहमदको नाम अपराधीको सूचीमा गल्तीले पर्न गएको भए पनि अदालतमा आफूले पेस गरेको उनको जन्मदर्ता प्रमाण अदालतले न्यायाधीशसामु पेस नगरेको आरोप लगाएका छन् । ती बालकको जन्म सन् २०१२ को सेप्टेम्बरमा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here