बिरालोको धन्दा चोरी गर्ने

349

न्यूजिल्याण्डको ब्रिगिट नाम गरेको एउटा बिरालो चोरीका कारण अहिले चर्चामा छ । उक्त बिरालोले अन्डरवेयरलाई असाध्यै मन पराउने र पछिल्ला दुई महिनामा ६० भन्दा बढी कट्टु, मोजा र प्यान्ट चोरेको जनाइएको छ ।

हेमिल्टन इस्टका सराह नाथा जसले यो बिरालो पालेका छन् । उनका अनुसार यसले ११ वटा प्यान्ट र ५० वटा मोजा चोरिसक्यो । चोरेका सामानहरूलाई बिरालोले सराहको घरमा ल्याउने गरेको छ । आफ्नो बिरालोको खराब व्यवहारबाट आजित भएपछि स्थानीय समुदायमा क्षमा माग्दै सराहले पर्चा नै बााडेकी छिन् । उनले यदि कसैको अन्डरवेयर हराएको छ भने सम्पर्क राख्नुस् भने पर्चामा उल्लेख समेत गरेकी छिन् । उनले ब्रिगिटलाई अन्डरवेयरको स्वाद मनपर्ने बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here