काठमाडौं/ चर्चित टेलिश्रृंखला ‘मेरी बास्सै’का हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले दोस्रो एकीकृत बस्ती निर्माण गर्ने भएका छन् । उनीहरूले उक्त बस्तीको शिलान्यास समेत गरिसकेका छन् । उनीहरूले मेलम्ची–८, गिरानचौरमा दोस्रो एकीकृत बस्तीको शिलान्यास गरेका हुन् ।
बस्ती निर्माणको काम थालनीस्वरूप गिरानचौर एकीकृत बस्तीमा सामुदायिक भवनको जग शिल्यान्यास गरिएको हो । यसअघि विभिन्न व्यक्ति, संघ संस्थाको सहयोगमा धुर्मुस सुन्तलीले काभ्रेको डााडा गाउामा पहिलो एकिकृत नमुना बस्ती बनाएका थिए । गिरानचौरमा रहेका ६५ परिवारका लागि करिब ६ महिनाभित्र एक घर, एक धारो, एक चर्पी, एक बगौचालगायतका संरचना निर्माण गरेर हस्तान्तरण गर्ने फाउण्डेशनको लक्ष्य छ । गिरानचौर एकीकृत बस्तीलाई बालमैत्री, वातावरणमैत्री र पर्यटकीय पनि बनाइने फाउण्डेशनले जनाएको छ । पुनर्निर्माणमा ढिलाइ भइरहेकाले सरकारलाई सघाउने उद्देश्यले नयाा नमुना बस्ती बनाउने अभियानमा लागेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जनाएका छन् । धन नभए पनि ठूलो मन लिएर बस्तीको शिलान्यास गरेको जनाउादै उनले सहयोगी हातहरूको खााचो रहेको औाल्याएका छन् ।