शिक्षकले नै विद्यार्थीलाई रक्सी पिलाएपछि

238

रक्सी, चुरोटलगायतका पदार्थहरू खानुहुादैन भनेर विद्यालयमा पढाइने गरिन्छ । तर चीनका एक प्रोफेसरले भने विद्यार्थीहरूलाई रक्सी खुवाएर परीक्षामा सामेल गरेका छन् । जसका कारण उक्त प्रोफेसरले आफ्नो जागिरबाट नै हात धुनु परेको छ ।
गु मिंग नामका ती प्रोफेसरले विद्यार्थीहरूसाग अन्तिम परीक्षामा खेलाची गरेका थिए । व्यावहारिक जीवनका लागि विद्यार्थीहरूलाई तयार पार्ने भन्दै उनले उनीहरूलाई चीनको चर्चित रक्सी बाइजु पिउन लगाए । उनीहरूले पिएको परिमाणका आधारमा अंक दिइने ती प्रोफेसरको भनाइ थियो । सामाजिक सञ्जालमा यस परीक्षापछि विद्यार्थीहरूले रक्सीको ग्लास खाली गरेका फोटोहरू छाए । यस प्रकरणपछि गु मिन्गले जागिर गुमाएका छन् । अहिले उनको विषयमा सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ । केहीले मात्रै विद्यार्थीहरूलाई व्यावहारिक बनाउन खोजेको भन्दै उनीप्रति सहानूभूति राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here