काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा केही नयाा गर्ने विषयमा सार्वजनिक रूपमा बोल्दा उनको भनाइलाई तोडमोड र मजाक गर्ने प्रवृत्ति अब सामान्य भइसक्यो । तर तिनै ओलीले प्रतिबद्धता जनाएअनुसार चिनियाा रेलबाट नेपालमा सामान ल्याउने कुरा भने अब वास्तविकतामा परिणत भएको छ । ओलीलाई हाासोका पात्र बनाउनेहरूलाई चुनौती दिादै पहिलो पटक चिनियाा रेलबाट ल्याइएको सामान चीनको सीमामा रहेको नेपाली नाका केरुङ आइसकेको छ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तको राजधानी लाञ्झाउबाट नेपालका लागि कन्टेनर बोकेको चिनियाा अन्तर्राष्ट्रिय मालबाहक रेल अघिल्लो साता लाञ्झाउबाट छुटेको थियो । उक्त रेलको गन्तव्य काठमाडौं भनिए पनि काठमाडौंसम्म रेलमार्ग नभएकाले तिब्बतको सिगात्सेसम्म रेलमार्फत आएपछि रेलबाट ल्याइएका कन्टेनरहरू सडक मार्गमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
चीनबाट काठमाडौंका लागि छुटेको रेलले लाञ्झाउबाट सिगात्सेसम्म २४३१ किलोमिटर रेलमार्ग, सिगात्सेबाट सडकमार्फमार्फत ५६४ किलोमिटर जिलोंगपोर्टसम्म आएको हो । त्यहााबाट भने रेलबाट ल्याइएका कन्टेनर १६० किलोमिटर सडकमार्ग हुादै काठमाडौं आइपुग्ने जनाइएको छ । यसअघि परम्परागत ढंगले समुद्री मार्ग हुादै यस्ता कन्टेनरहरू काठमाडौं आइपुग्दासम्म ३५ दिनभन्दा पनि बढी समय लाग्ने गरेको थियो । तर अब भने झण्डै १० दिनको हाराहारीमा सामानले भरिएका कन्टेनरहरू काठमाडौं आइपुग्नेछन् । काठमाडौंका लागि छुटेको चिनियाा रेलका ४३ डिब्बामा ८६ वटा कन्टेनरहरू रहेको र कन्टेनरहरूमा अधिकांश दैनिक उपभोग्य वस्तु, घरायसी प्रयोजनका सामग्रीलगायतका सामग्रीहरू रहेको जनाइएको छ ।