दिदीबहिनीमा परिवर्तन भए दाजुभाइ

275

आयरल्याण्डका एउटै परिवारका दाजुभाइ दिदीबहिनीमा परिवर्तन भएका छन् । दाइ जेमी जो २३ वर्षका छन् र भाइ चोली २० वर्षका छन्, उनीहरू महिला बनेर जिउन चाहन्छन् र यसका लागि एकअर्कालाई सहयोग गर्छन् । भाइ चोलीले दाजु जेमीलाई आफू पनि महिला बनेर बस्न रुचाउने जनाएपछि उनीहरूले एक भएको महसुस गरे । आयरल्याण्डको डुब्लिनस्थित एक बारमा काम गर्दै आएका जेमि भन्छन्, ‘मलाई उसको रुचि सुनेपछि हिम्मत र साहस आयो । हामी बच्चैदेखि एकसाथ थियौा, तर हामी दुवैको रुचि महिला बन्नु छ भन्ने एकअर्कालाई थाहा थिएन ।’ जेमीले १४ वर्षको उमेरपछि आफू समलिङ्गी भएको पत्तो पाए । त्यस्तै चोलीले १३ वर्षको उमेरमा यस्तो महसुस गरे । अहिले उनीहरूले शरीरमा महिलाको हार्मोन विकास गरेर महिला नै बन्ने योजना बनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here