तद्वारा दीक्षित परिवारको जग्गा रोक्कामालपोतद्वारा दीक्षित परिवारको जग्गा रोक्का

260

काठमाडौं/ ललितपुरका मालपोत कार्यालय र भूमिसुधार कार्यालयले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र उनको परिवारको नाममा रहेको १८ रोपनी जग्गा रोक्का गरेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रानी जगदम्बाकुमारी राणाले सरकारलाई दिएको जग्गा दीक्षित परिवारले आफ्नो नाममा जबर्जस्ती सारेको ठहर गर्दै सरकारको नाममा फिर्ता ल्याउन भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएको थियो ।
अख्तियारले केही समयअघि साझा यातायातका अध्यक्ष दीक्षितलाई भ्रष्टाचार गरेको आरोपमा केही दिन हिरासतमा लिएको थियो । तर सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै दीक्षितलाई रिहा गर्न आदेश दिएको थियो । त्यसपछि पनि अख्तियारले दीक्षितमाथि अनुसन्धान जारी राखेको छ । अख्तियारको पछिल्लो छानबिनबाट मदन पुरस्कार पुस्तकालय र जगदम्बा प्रेसका नाममा रहको जग्गा मात्र होइन, पाटन क्याम्पसको नाममा रहेको जग्गा पनि दीक्षित परिवारले आफ्नो नाममा सारेको अख्तियारको दाबी छ । दीक्षित परिवारको स्वदेश तथा विदेशमा रहको थप अकूत सम्पत्तिमाथि छानबिन भइरहेको अख्तियार स्रोतले जनाएको छ ।
अख्तियारको निर्देशनपछि ललितपुरका मालपोत र भूमिसुधार कार्यालयले मंगलबार कनकमणि, कमलमणि र कुन्दमणि दीक्षितका नाममा सातदिने म्याद जारी गरेको हो । तोकिएको जग्गा आफ्नो नाममा हुने भए प्रमाणसहित सात दिनभित्र उपस्थित हुन ती कार्यालयहरूले दीक्षित परिवारलाई म्याद तोकेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here