देउवा र खड्कालाई हत्याको आरोप

124

काठमाडौ/ युद्धरत तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको १० वर्ष पुगिसकेको छ । यस अवधिमा तत्कालीन नेकपा माओवादी र सरकारका बीचमा युद्धकालीन घटनाहरू दुवै पक्षको सहमतिमा मिलाउने सहमति भए पनि शान्तिप्रक्रियामा प्रवेश गरेको १० वर्ष पछि युद्धकालका घटनाहरूले गम्भीर रूप लिन थालेका छन् । सरकारले गठन गरेको सत्य निरूपण तथा मेलमिलाप आयोगमा द्वन्द पीडितहरू एक पक्षले अर्काे पक्षका विरुद्ध कारबाहीको माग गर्दै उजुरी दिन थालेपछि युद्धकालका घटनाहरू पुन: बल्झिन थालेका हुन् ।

 
आयोग गठन भएलगत्तै तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड तथा अन्य माओवादी नेताहरूका विरुद्ध विभिन्न जिल्लाहरूबाट उजुरी दिन सुरु भएकोमा हालैमात्र तत्कालीन सरकारमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री खुमबहादुर खड्कालगायत उच्च प्रहरी अधिकारीविरुद्ध आयोगमा उजुरी परेको छ । माओवादी युद्धका बेला मारिएका साहित्यकार तथा पत्रकार कृष्ण सेन इच्छुककी श्रीमती तक्मा केसीले आयोगमा किटानी जाहेरीसहित उजुरी दिएकी छिन् । उनले तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्रीसहित डिएसपी अमरसिह शाह, अर्का डिएसपी विक्रमसिह थापाका विरुद्ध गत मंगलबार उजुरी दर्ता गराएकी छिन् । उनले दोषीको विवरणसहित आयोगमा उजुरी हालेकी हुन् । त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व सभासद दामा शर्माले समेत आफ्ना पति यज्ञश्वर शर्माका हत्या आरोपीलाई कारबाहीको माग गर्दै आयोगमा उजुरी दर्ता गराएकी छिन् ।

 
केसी र शर्मा त उजुरी दर्ता गराउने प्रतिनिधि पात्र मात्र हुन् । सरकारले आयोगको गठन गरेसागै युद्धकालीन अपराधमा संलग्न विद्रोही पक्ष तथा सरकारी पक्षका उच्च अधिकारी तथा तल्लोतहका नेता कार्यकर्ता तथा सुरक्षाकर्मीहरूलाई कारबाही गर्नुपर्ने मागसहित आयोगमा दिनहुा उजुरी पर्न थालेपछि युद्धकालीन घटनाहरूले गम्भीर रूप धारण गर्न लागेको स्पष्ट हुन्छ । मेलमिलाप आयोगका अनुसार हालसम्म यसरी उजुरी दिनेहरूको संख्या १७ हजार ६ सय ३१ पुगेको छ । थप उजुरी आउने क्रम पनि जारी रहेकाले यो संख्यामा उल्लेख्य वृद्धि हुनसक्ने अयोगको अनुमान छ । यसरी युद्धकालीन घटनाका आरोपीहरूलाई कारबाहीको माग गर्दै उजुरी दर्ता हुन थालेपछि द्वन्दकालीन समयमा भएका घटनाहरूका कारण मुलक पुन: एकपटक असहजतातर्फ धकेलिनसक्ने कतिपयको आाकलन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here