बाादरको कारण देशभर लोडसेडिङ !

157

बाादरले मानिसहरूलाई विभिन्न किसिमले दु:ख दिने गर्छ । कहिले बालीनाली खाइदिन्छ, कहिले मान्छेका सामान चोरेर तहसनहस पारिदिन्छ । अफ्रिकाको एक देशमा भने बाादरकै कारण देशभर लोडसेडिङ भएको छ । यो खबर हो, केन्याको । केन्यामा एउटा बाादरले पूरै देशलाई अन्धकारमय बनाइदिएको छ । बाादरले केन्यामा बिजुली उपलब्ध गराउने केन्जेन नामक कम्पनीमा समस्या निम्त्याएपछि यस्तो भएको हो ।

 
कम्पनीका अनुसार गिटारुस्थित एक जलविद्युत आयोजनाको ट्रान्सर्फमरमाथि एउटा बाादर अचानक खसेपछि त्यहााको ट्रान्सर्फमर पनि खस्यो । यसले गर्दा त्यस जलविद्युत आयोजनाबाट उत्पादित १८० मेगावाटको विद्युत सप्लाइ पूर्णरूपमा रोकियो र पूरै देश अन्धकारमय बनेको थियो । बाादरका कारण ट्रान्सफर्मरमा समस्या आएपछि देशभर लोडसेडिङ सुरु भयो, जुन पुन: सुचारु गर्न ४ घण्टा लागेको थियो । तर बाादरलाई भने करेन्ट नलागेको त्यहााका अधिकारीहरूले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here