१३ घण्टासम्म खानुपर्ने यी बालिका

133

कोही मान्छेलाई घण्टैपिच्छे खाना खानुपर्ने अवस्था आयो भने कस्तो अवस्था होला ? अमेरिकाकी एक सानी बालिकालाई पनि यस्तै एउटा रोग लागेको छ, जुन रोगको कारण ती बालिकाले दिनमा कम्तीमा १३ घण्टा खाना खानुपर्ने हुन्छ । अमेरिकाकी ३ वर्षीया डिपरोज नामकी ती बालिकाले दिनमा १३ घण्टा त नलीबाट लगातार खानेकुरा लिइरहनुपर्छ । यस्तो हुनुको कारण भने यदि उनले खाना खान पाइनन् भने उनी सिकिस्त बिरामी हुनेछिन् र कोमामा पुग्ने डाक्टरहरूले जनाएका छन् । त्यसैले पनि उनले चाहे भोक लागोस् या नलागोस् घण्टैपिच्छे खाना खाइरहनुपर्छ । उनको ब्लड सुगर लेवल केवल ०.१ मात्र थियो जब कि उक्त मात्रा ०.४ हुनु आवश्यक छ । यी बालिकाको शरीरमा एउटा इनजाइमको अभाव छ जसका कारण उनको शरीरले चिनीको मात्रालाई कायम राख्न सक्दैन । यसलाई ग्लाइकोजन स्टोरेज डिजिज टाइप वान बी भनिन्छ । जसका कारण शरीरमा हरेक ९० मिनेटमा खानेकुरा पुर्‍याउन जरुरी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here