सिन्धुपाल्चोक- बन्द भइरहेको चीन–नेपाल तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ। यसअघि समान लोड अनलोड गर्ने तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि असोज २१ देखि उक्त नाका पुनः बन्द भएका थियो ।
लामो समयपछि खुलेको दुई दिनमै बन्द भएको नाका आजदेखि पुनः खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ ।


















