‘लुकामारी’ले पायो ‘पीजी’ सर्टिफिकेट

203

काठमाडौं/ चलचित्र ‘लुकामारी’ले पीजी सर्टिफिकेट पाएको छ । चलचित्रमा केही दृश्यहरूका कारण यो चलचित्र हेर्न १६ वर्षमुनिका बालबालिकाहरूलाई अभिभावकको आवश्यकता पर्ने भएको छ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा कमेडी र सस्पेन्स पक्षलाई देखाइएको छ । जसको सेन्सर बोर्डबाट पनि तारिफ भएको निर्माता सुरजमान सिंह भण्डारीले जनाएका छन् ।

 
चलचित्रमा कलाकार सौगात मल्ल, कर्मा, रीस्ता बस्नेत, सुरविना कार्कीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई श्रीराम दाहालले निर्देशन गरेका हुन् । यो चलचित्र असार १० गतेबाट रिलिज हुादै छ । चलचित्रमा सौगात मल्लको फरक गेटअप, कर्माको संवाद शैलीलाई ट्रेलरमा रुचाइएको छ । चलचित्र ‘लुट’मा सौगात र कर्माको जोडी देखिएको थियो । उक्त चलचित्रमा सफलता पाए पनि सौगात र कर्माले त्यसपछि सफल चलचित्र दिन सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here