नेपालमा सरकारको त्यति लामो आयु रहेको पाइादैन । सरकार बन्दाको केही अवधिभित्र नै सरकार ढलाउने खेलहरु भएको पाइन्छ । अहिले पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलाउने प्रयास सुरु भएको छ र यो सरकार ढलाउनका लागि राष्ट्रिय सहमतिको सरकार गठनको आवश्यकतालाई मूलमन्त्र बनाइएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु अहिले राष्ट्रिय सहमतिको आवश्यकता रहेको जनाउादै सरकार फेर्ने कसरतमा लागेका छन् । यद्यपि केही समयअघि पनि केपी ओली नेतृत्वको सरकार ढलाउने प्रयास भएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमण सकेर नेपाल फर्केलगत्तै नेपालमा सरकार परिवर्तनको खेल सुरु भएको थियो । त्यसबेला अन्तिम अवस्थामा आएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेलाई नै सहयोग गरेपछि कांग्रेसले सरकार ढलाउन सकेको थिएन । ओलीले माओवादीसाग ९ बुादे सहमति गरेसागै सरकार परिवर्तनको चलखेल बन्द भएको थियो ।
सरकार परिवर्तनको लागि कसरत सुरु भए पनि किन राष्ट्रिय सहमतिको सरकार आवश्यक छ भन्ने कुरामा भने नेताहरुले केही बताएका छैनन् । त्यसकारण नेताहरुले जुन सहमतिको सरकारको रटान लगाइरहेका छन्, यो केवल विगतमा झौ सरकार परिवर्तन गर्ने फोहोरी खेल मात्र भएको पुष्टि हुन्छ । अहिले देशमा सरकार परिवर्तनको कुनै आवश्यकता छैन । यदि राष्ट्रिय सहमति सरकारको नै आवश्यकता छ भने पनि यही सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिन सकिन्छ । यो सरकारले थालनी गरेका राष्ट्रवादी एजेण्डाहरुलाई मूर्तरुप दिन पनि स्थिर सरकारको खााचो रहेको छ । सत्ता परिवर्तनको फोहोरी खेलले देशलाई अन्तत: समस्याको आध्यारो गुफातिर धकेल्ने कुरामा कसैले पनि आाखा चिम्लिनु हुन्न । इतिहासलाई हेर्ने हो भने नेपालमा कुनै पनि परिवर्तनका लागि भएका प्रयासहरुले सफलता पाएका त छन् तर ती परिवर्तनपछि के गर्ने भन्ने कुराको एजेण्डा पहिले नै तय नहुादा ती परिवर्तनहरुबाट पाएका उपलब्धिहरुलाई संस्थागत गर्न नसकिएको अवस्था छ । त्यस्तै परिवर्तनपछि के गर्ने भन्ने कुरामा नै अलमल हुादा, कुन प्रक्रिया अपनाउने, कुन बाटोबाट अघि बढ्ने र कस्ता एजेण्डामा मुलुकलाई डोर्याउने भन्ने कुरामा लामो समयसम्म विवाद भएको देखिन्छ । फलत: देशले विकासको गति लिन नसकेको स्पष्ट छ ।
राष्ट्रिय सहमतिको सरकारको रटान लगाइरहादा हामीले उल्लिखित विगतलाई पनि गम्भीर रुपले मनन गर्नुपर्छ । यदि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता निर्विकल्प महसुस गरिएको हो भने पहिला त्यस्तो सरकारले गर्ने काम तथा एजेण्डा निर्धारित हुनुपर्छ । त्यस्तो सरकारको निर्माण हुनुको उद्देश्य र लक्ष्य पहिले नै तोकिनुपर्छ । वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारले गर्नुपर्ने ती कामहरु कार्यान्वयन गराउन मौका र दबाब दिनुपर्छ । यदि अहिलेको सरकार ती एजेण्डाहरुलाई कार्यान्वयन गर्न असफल हुन्छ भने मात्र राष्ट्रिय सहमतिको सरकारको चर्चा चल्नुपर्छ । यदि यो बाटोमा अहिलेका राजनीतिक दलका प्रमुख नेतहरु चल्ने हो भने अवश्य नै जनताले पनि उनीहरुमाथि विश्वास गर्नेछन्, मुलुकमा सााच्चै सहमतीय सरकारको आवश्यकता रहेको बोध गर्नेछन्, आवश्यक सहयोग गर्नेछन् । नत्र भने केवल सत्ता परिवर्तको पुरानै खेल दोहोरिने हो भने त्यसले न मुलुकलाई फाइदा गर्छ न राजनीतिक दलहरुका नेताहरुलाई ।