अष्ट्रेलियामा ‘लुट–२’ र ‘पुरानो डुङ्गा’ प्रदर्शनको तयारी

319

काठमाडौ/ नेपाली चलचित्र बजारका लागि भरपर्दाे बजार बनेको अष्ट्रेलियामा दुई चलचित्र ‘लुट–२’ र ‘पुरानो डुङ्गा’ प्रदर्शनको तयारीमा रहेका छन् ।
नेपाली चलचित्रको प्रर्दशनका लागि आकर्षक मुलुक मानिएको अष्ट्रेलियामा ‘इपि माइग्रेसन’ र ‘हो र होइन होला इभेन्टस’ले एक साथ राम्रै मूल्यमा दुई चलचित्र ‘पुरानो डुङ्गा’ र ‘लुट–२’ को अष्ट्रेलिया अधिकार खरिद गरेको छ ।
यी दुई चलचित्रले अष्ट्रेलियामा नयाा रेकर्ड बनाउने इपि माइग्रेसनका खिलेन्द्र तिम्सिनाको भनाइ छ । आउादो अगष्ट ७ मा यी दुई चलचित्रको प्रचार प्रसारका लागि सिड्नीमा ‘साथीको साथमा’ नामक डान्स पार्टीको आयोजना गरिएको ‘हो र होइन होला’का रोशन भट्टराईले जनाए । चलचित्र ‘लुट –२’ लाई निश्चल बस्नेतले निर्देशन गरेका हुन् भने पुरानो डुङ्गामा रामबाबू गुरूङको निर्देशन रहेको चलतित्र हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here