कमाण्डर चयनमै एमालेमा भागबण्डा

191

काठमाडौ / नेकपा एमालेले प्रस्तावित सात प्रदेशका लागि संयोजकहरू तोकेको छ । एमालेको गत मंगलबार बसेको पार्टीको स्थायी समितिको बैठकले पार्टी भित्र रहेको विवादलाई समाधान गर्दै संयोजक तोकेको हो । एमालेले संस्थापन पक्ष तथा माधवकुमार नेपाल पक्षलाई मिलाउने गरी भागबण्डा मिलाएको हो । पार्टी स्थायी समितिले गरेको निर्णय अनुसार संस्थापनतर्फबाट चार जना र माधव नेपालका तर्फबाट तीन जना रहेका छन् । सात प्रदेशमा तोकिएका संयोजकहरूमा एक नम्बर प्रदेशमा भिम आचार्य, दुई नम्बर प्रदेशमा सत्यनारायण मण्डल, तीन नम्बर संयोजकमा अष्टलक्ष्मी शाक्य, चार नम्बर प्रदेशमा किरण गुरुङ, पााच नम्बर प्रदेशमा विष्णु पौडेल, ६ नम्बर प्रदेशमा युवराज ज्ञवाली र सात नम्बर प्रदेशमा भिम रावललाई संयोजक तोकेको छ ।

साउन ३० गते देखि जारी स्थायी समितिको सदस्यको बैठकले उक्त निर्णय गरेको हो । असारको पहिलो साता नै संयोजकहरू छान्ने तयारी गरेपनि आन्तरिक विवादका कारण संयोजक चयन हुन सकेका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here