सेनेटरी प्याड समय गुज्रिएको पाइएकोप्रति गम्भीर ध्यानाकर्षण

48

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा भएको सेनेटरी प्याड न्यून गुणस्तर र समय गुज्रिएको पाइएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

महानगरको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले सोमबार एक विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि उपलब्ध गराइने सो सेनेटरी प्याड नेपाल, सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी सेनेटरी प्याड (वितरण तथा व्यवस्थापन कार्यविधि) २०७६ ले तोकेको गुणस्तर अनुरूप हुनुपर्ने बताउनुभयो ।

विद्यालयमा साे गुणस्तर बमोजिमको सेनेटरी प्याड खरिद गरी उपलब्ध गराउनुपर्ने विषय पनि विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here