कर्नेल लामालाई क्षतिपूर्ति कसले दिने ?

165

काठमाडौ/ युद्ध अपराधसम्बन्धी मुद्दामा बेलायतमा सजाय भोगिरहेका नेपाली सेनाका कर्नेल कुमार लामाले अन्तत: सफाइ पाएका छन् । सशस्त्र द्वन्दका बेला पक्राउ परेकाहरूलाई यातना दिएको आरोपमा बेलायतमा पक्राउ परेका लामालाई दुई ट्रायलपछि लण्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टले फैसला सार्वजनिक गर्दै उनी निर्दाेष रहेको भन्दै अन्तिम फैसला गरेको हो । उक्त फैसलासागै उनले सफाई पाएका छन् । लामा सन् २०१३ मा शान्ति मिसनमा खटिएका बेला परिवारलाई भेट्न जाने क्रममा बेलायतमा पक्राउ परेका थिए ।
कर्नेल लामा निर्दाेष रहेको फैसला आएसागै उनले चारवर्षसम्म भोगेको सजाय, मानसिक तनाव, प्रतिष्ठा तथा यस अवधिमा उनको सैन्य सेवामा पुगेको असर र महत्वपूर्ण समयको नोक्सानीलगायतका कैयौं पीडाहरूको उचित मूल्यांकन हुनु आवश्यक छ । उक्त मुद्दामा झण्डै १४ करोड रूपैयाा अर्थात झण्डै एक मिलियन पाउण्डसमेत खर्च भएको छ । यी समग्र नोक्सानीको क्षतिपूर्ति कति भयो भन्ने कुराको त कुनै मूल्यांकन नै छैन । उक्त क्षतिपूर्ति अब उनले पाउने कि नपाउने ? पाउने भए उनले कसरी र कहााबाट पाउने ? यो विषय उनको लागि निकै महत्वपूर्ण बनेको छ ।
सन २०१५ मा १५ वर्षसम्म जापानको जेलमा बसेका गोविन्दप्रसाद मैनाली १५ वर्षपछि निर्दाेष सावित भएपछि उनले जापान सरकारबाट क्षतिपूर्तिवापत झण्डै ७ करोड जापानी येन पाएका थिए । कर्नेल लामाको हकमा पनि यो लागू हुन आवश्यक छ । उनले नगरेको अपराधका लागि भोगेको सजायको त कुनै मूल्य हुादैन तथापि उनले त्यस अवधिमा भोग्नु परेको पीडाका लागि क्षतिपूर्ति पाउनै पर्छ । यसका लागि नेपाल सरकार तथा समग्र नेपालीहरूले समेत पहल गर्न आवश्यक छ । साथै नगरेको अपराधको सजाय दिने प्रचलन विश्वव्यापी रूपमै अन्त्य हुन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here