दाङबाट कांग्रेस सभापति देउवालाई चेतावनी

137

काठमाडौं/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा वर्तमान सरकारका सिंचाईमन्त्री दीपक गिरीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई दाङबाट गुटबन्दी नगर्न चेतावनी दिएका छन् । एकताको कुरा गरे पनि पार्टीभित्र गडबड भइरहेको भन्दै गिरीले गुट–उपगुटले पार्टीको हित नहुने सुझाव देउवालाई सुझाएका छन् ।

नेपाल प्रेस युनियन दाङले तुलसीपुरमा गरेको स्वागत तथा बधाइ कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले पार्टीका सभापतिलाई किन गुट–उपगुट चाहियो भन्दै प्रश्न गरेका छन् । लोकतन्त्रमा चुनाव प्रणालीमा उमेदवार बढी भएमा जिताउन केही समयका लागि गुट–उपगुट ठीक होला, तर त्यसैवेला गुट समाप्त हुनुपर्छ भन्दै गिरीले अन्यथा गुटले पार्टीलाई दीर्घकालसम्म असर पुर्‍याउने चेतावनी पनि दिए ।

हाम्रो पार्टी सभापति शेरबहादुर देउवा धेरैपटक प्रधानमन्त्री भइसकेका र पार्टीको सभापति पनि भएकाले उहााका लागि गुटउपगुटको आवश्यक नरहेको दावी मन्त्री गिरीको थियो ।

मन्त्री गिरीको स्वागतमा उनको गृहजिल्ला दाङमा सरकारी कर्मचारीहरू र स्थानीय कार्यकर्ताहरूको घुइाचो लागेको थियो । गाडी र मोटरसाइकलको लावालस्कर नै लागेको थियो । मन्त्री भएपछि पार्टी कार्यलयमा पुगेर विपीको फोटोमा माल्र्यापण गर्ने पहिलो मन्त्री आफू भएको दावी पनि गिरीले दाङमा गरे । सिंचाई मन्त्रीको रूपमा सपथ लिने क्रममा सबै भन्दा पहिला सहिद र विपीलाई आफूले सम्झेको स्मरण पनि मन्त्री गिरीले सो अवसरमा गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here