मधेसी मोर्चामा विवाद

195

काठमाडौं / संविधान संशोधन मस्यौदा समिति गठनको विषयले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा विवाद चर्केको छ । विवादका कारण मस्यौदा कमिटीको संयोजक प्रस्ताव गरिएका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले समितिमा बस्न अस्वीकार गरेका छन् । संघीय गठबन्धनको तर्फबाट सरकारलाई संविधान संशोधन कहाा–कहाा र कसरी गर्ने भनेर मस्यौदा बनाउन गठित समितिप्रति मधेसी मोर्चा आबद्ध केही दलले असन्तुष्टि जनाएका छन् ।
गठबन्धनका संयोजक उपेन्द्र यादवले आफूखुसी गरेको भन्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यसबारे आफूहरूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । मधेसी मोर्चाभित्र संघीय गठबन्धनलाई हेर्ने दृष्टिकोणमै बिबाद छ । मोर्चाले आन्दोलन गरेको र संघीय गठबन्धनमा रहेका कतिपय दल समूहको अस्तित्वसमेत नरहेको मधेसी नेताहरूको दावी छ ।

मधेसी मोर्चाको नेता महन्थ ठाकुर भएकाले उपेन्द्र यादवले आफू नेता बन्न संघीय गठबन्धन बनाएर नाममात्रका जातीय पार्टीहरूलाई लिएर हिाडेको तराई मधेस लोकतान्त्रिक पार्टीका नेताहरूले आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here