दुवै छिमेकी हाम्रा शुभेच्छुक किन हुादैनन् ?

180

–निमकान्त पाण्डे–

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा दक्षिण र उत्तरका दुवै छिमेकी देशहरूको भ्रमण सम्पन्न गरेर दुवै देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण गरेपछि दुवै देशका राष्ट्रपतिले नेपालको भ्रमण गर्ने लगभग निश्चित भएको थियो । दुवै देशका पाहुनाहरूको नेपाल भ्रमणको चर्चा ठूलो उपलब्धिको रूपमा ओली सरकारले लिएको थियो । परन्तु दुवै राष्ट्रपतिहरूको नेपालमा भ्रमण हुन नपाउादै ओली सरकार ढलेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाा सरकार निर्माण भयो । नयाा सरकार निर्माणसागै दुवै देशका राष्ट्रपतिहरूको नेपाल भ्रमणका लागि नयाा निमन्त्रणा भइसकेको छ । निमन्त्रणा गर्न प्रधानमन्त्रीका विशेष दूतका रूपमा दुईजना उपप्रधानमन्त्रीहरू उत्तर र दक्षिणका छिमेकी देशहरूको भ्रमण गरेर फर्किएपछि प्रधानमन्त्री प्रचण्ड स्वयं दक्षिणतिरको छिमेकी देश भारतको राजकीय भ्रमणका क्रममा भारतका राष्ट्रपतिलाई आफ्नो निम्तो दिनुभएको छ । नेपालको परराष्ट्र मामिलामा भारतसाग सहकार्य गर्ने भनेर सम्झौता गरी स्वदेश फर्कनु भएका प्रधानमन्त्री प्रचण्ड देशभित्र व्यापक रूपमा आलोचित भइरनु भएको छ । भारतको तर्फबाट प्रशंसाको बहार पाइरहनुभएका प्रधानमन्त्री प्रचण्डलाई नेपालमा भइरहेको आलोचनाले निश्चय पनि गल्ती गरिएछ भन्ने अनुभूति गराएको हुनुपर्दछ ।

२ सय ४० वर्षसम्म राजाका रैती (प्रजा)का रूपमा रहेका नेपाली जनताले गणतन्त्र पाएको दश वर्ष पूरा हुादैछ । अब हामी रैतीबाट नागरिक बनेका छौा भनेर नेताहरूले पटक–पटक भाषण गर्दै आएका छन् । परन्तु नेपाली जनता अझै पनि रैतीकै रूपमा रहन बाध्य हुनुपरेको दृष्टान्त प्रधानमन्त्री प्रचण्डले गर्नुभएको पछिल्लो सम्झौता बनेको छ । उत्तरतिर विशाल छिमेकी मुलुक चीन र दक्षिणतिर विशाल छिमेकी भारतका बीचमा रहेको हाम्रो देश नेपाल राजाको रैतीबाट छिमेकीहरूको रैतीमा रूपान्तरित भएको मात्र रहेछ भन्ने खालका यस्ता दृष्टान्तहरू अब कति देखिने हुन् प्रतिक्षा गर्नैपर्ने भएको छ । दुवै छिमेकी देशका राष्ट्रपतिलाई नेपाल भ्रमणका निम्ति लम्पसारै परेर अनुरोध गर्दा पनि नेपाल आउन उनीहरू तयार नहुनुले पनि नेपालको अवस्थालाई उजागर गरेको छ । सम्पन्नशाली हाम्रा छिमेकी देशका शासकहरूको बढप्पनका अगाडि नेपालले आफूलाई निरीह ठान्नुपर्ने अवस्था छ । हाम्रा देशका शासकहरू चीन र भारततिरबाट निम्तो नआउादै भ्रमण गर्न खुट्टो उचालिरहेका हुन्छन् तर हाम्रा छिमेकी देशका शासकहरू हाम्रो निम्तोलाई समेत अस्वीकार गर्न लज्जाबोध गर्दैनन् । यो अवस्था भनेको जमिन्दार र रैतीको जस्तै सम्बन्ध हो भन्ने स्पष्ट हुन्छ ।

बृटिश साम्राज्यवादविरुद्ध लडेर स्वतन्त्र भएको हाम्रो दक्षिणतिरको छिमेकी देश भारत र विश्व साम्राज्यवादविरुद्ध सैद्धान्तिक वैचारिक आधार बनाएर विश्वकै मुक्तिकामी जनताको लोकप्रिय आाधारभूमिका रूपमा चर्चित रहेको उत्तरतिरको अर्को छिमेकी देश चीनको बीचमा रहेको सानो मुलुक नेपाल दुई छिमेकी देश चीन र भारतकै कारणबाट समस्याग्रस्त अवस्थाबीच गुज्रिइरहेको छ । यी दुई छिमेकी देशहरूले नेपाल र नेपाली जनताको हित चाहने हो भने नेपालको उन्नति असम्भव छैन । तर दुर्भाग्य नै भन्नुपर्दछ यी दुवै देश मिलेर नेपाल र नेपाली जनतामाथि जमिन्दारी शैली प्रदर्शन गरिरहेका छन् ।

दक्षिणतिरको छिमेकीले नेपालविरुद्ध नाकाबन्दी गरेर दैनिक उपभोग्य सामग्रीलगायत पेट्रोलियम पदार्थको अभाव सृजना गरिदिएपछि विकल्पका रूपमा उत्तरतिरको छिमेकी चीनसाग सहयोगको याचना गर्नुको विकल्प नेपालसाग थिएन । भूपरिवेष्ठित नेपालको अवस्थाले चीन र भारतबाहेक अन्य विकल्प बााच्नका लागि नेपालसाग छैन । यी दुवै छिमेकीको सम्पन्नता नेपालका निम्ति खुशीको विषय हुनुपर्नेमा ठीक विपरीत दु:खको विषय भएको छ । हालसम्म भारतले नेपालको भूमि अतिक्रमण गर्ने र नेपालको राजनीतिमा हस्तक्षेकारी गतिविधि गर्ने काममा अग्रस्थान नै ओगटेको छ । भारतका हरेक गतिविधिलाई चीनले राम्रैसाग निगरानी गरिरहेको छ भन्ने विश्वास आम नेपाली जनमानसमा थियो पनि । पछिल्लो समयमा आएर नेपालको परिवर्तित राजनीतिक परिवेशपछि सरकारको नेतृत्व गर्ने प्रत्येक नेताले छिमेकी देशहरूको जमिन्दारी शैलीलाई खुशी तुल्याएर रैतीको भूमिका निर्वाह गर्ने बाहेक अरु केही गर्न सकेका छैनन् । गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री प्रचण्डले छिमेकी देश भारतकै कारणबाट राजीनामा गर्नुपर्ने बाध्यता सृजना भएको थियो । तत्कालीन नेपाली सेनाको नेतृत्वलाई समेत आफ्नो इसारामा नचाउन सक्ने क्षमता भारतले त्यो बेला प्रदर्शन गर्‍यो, प्रचण्डले राजीनामा गरेपछि भारत आफूअनुकूलका व्यक्तिलाई नेपालको प्रधानमन्त्री बनाउनमै तल्लीन रहादै आयो । आफ्नो स्वार्थमा थोरैमात्र अवरोध देखिनासाथ सरकारको विकल्प खोज्ने काममा भारतले कहिल्यै लज्जाबोध गरेको पाइएन । यस्तै घटनाक्रमका बीच पछिल्लोपटक सरकारको नेतृत्व गर्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै छिमेकी देशहरूसाग सन्तुलित व्यवहार प्रदर्शन गर्नुपर्नेमा पछिल्लोपटक भएको भारत भ्रमण र भ्रमणका क्रममा भएका सम्झौताले नेपालको राष्ट्रिय स्वाधीनता धराममा परेको स्पष्ट भइरहेको छ । छिमेकी देशहरूलाई मालिक मान्ने प्रवृत्तिले नेपालको समुन्नति हुन सकिरहेको छैन ।

नेपालले समदुरी र पंचशीलको सिद्धान्तमा आधारित भई चीन र भारत दुवै छिमेकी देशसाग सम्बन्ध बनाउादै आइरहेको थियो । जसले गर्दा नेपालको सार्वभौमसत्ता सुरक्षित नै थियो । तर, नेपालको स्वाधीनतामाथि नै भारत र चीन दुवै देशका शासकहरूले संयुक्त रूपमा धावा बोल्न पछि परेका छैनन् । लिपुलेक प्रकरण सबैभन्दा पछिल्लो उदाहरण हो । नेपाल र नेपाली जनताका लागि लिपुलेक प्रकरण ठूलो दुर्घटना हो । तथापि नेपालका राजनीतिक दलका नेताहरू र नेपाल सरकारले यो विषयमा मुख खोलेका छैनन् । यो अवस्थाले पनि नेपाल रैतीको अवस्थाभन्दा माथि उठ्न नसकेको स्पष्ट गर्दछ । लिपुलेक प्रकरणबाट चीनको छवि पनि नेपालको जमिन्दारमा रूपान्तरित हुन पुगेको छ । भारत स्वतन्त्र भएदेखि नै उसले आफ्ना छिमेकी देशहरूसितको सम्बन्धलाई राम्रो बनाउनेतिर कहिल्यै ध्यान दिएको पाइएन । सबै छिमेकी देशहरू भारतबाट प्रताडित छन् । स्वयम् चीनसाग पनि भारतको सम्बन्ध राम्रो छैन । तर चीनले नेपालको भूमि भारतसागको साझेदारीमा प्रयोग गर्दा नेपालसाग अनुमति लिन आवश्यक नठान्दा नेपाली जनता दु:खी हुनु स्वाभाविक हो । आफ्नो देशको व्यापारलाई भारतसाग सहज बनाउनका लागि नेपाली भूमि प्रयोग गर्नुपर्ने आवश्यकता महसुस गरेपछि चीनले नेपालसाग सम्पर्क गर्नुपर्दथ्यो । लिपुलेक प्रकरणमा भारतकै जमिन्दारी शैलीमा चीन प्रस्तुत भएपछि नै नेपालमाथि भारतले नाकाबन्दी लगाएको हो । हुन त लिपुलेक प्रकरणसाग नाकाबन्दी जोडिन नसक्ला, तर चीन र भारतबीचको लिपुलेक नाका प्रयोग गर्ने सम्झौता र नेपाल विरुद्ध भारतको नाकाबन्दी सागसागै हुन पुगेको हो । भारतले गरेको नाकाबन्दीको विकल्प चीनलाई हेर्न खोजिए पनि सबैभन्दा सुगम व्यापारिक नाकाका रूपमा रहेको चीनतर्फको खासा नाका खोल्नतर्फ चीन सरकारले चासो नदेखाउादा नेपाली जनता थप दु:खमा पिल्सिनुपरेको यथार्थ हामीसाग छ । एकातिर भारतको नाकाबन्दी अर्काेतिर चालु व्यापारिक नाका खोल्नतर्फ चीनले देखाएको उदासिनताका कारणबाट नेपाली जनताले दुवै छिमेकीहरूको व्यवहारबाट सास्ती भोग्नुपर्‍यो । नेपाली जनतामाथि भूकम्पको बज्रपात परेका बेला सहयोगी भावनाका साथ सबैभन्दा अग्रस्थानमा प्रस्तुत भएका छिमेकी देशहरूले देखाएको यो शत्रुतापूर्ण व्यवहार वास्तवमै निन्दनीय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here