काठमाडौं/ हास्य कलाकार तथा भूकम्पपीडितहरूलाई घर बनाइदिएर समाज सेवीका रूपमा समेत उदाएका सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मैथिली फिल्ममा देखापरेका छन् । सामाजिक जनचेतना जगाउन बनाइएको बालविवाह र चेलीबेटी बेचबिखनविरुद्धको फिल्म ‘मुन्नी’मा उनीहरू लखनभाइ र लक्षुमनियाको भूमिकामा देखिएका हुन् ।
युटुबबाट सार्वजनिक गरिएको उक्त चलचित्र सिराहाको लाहानमा छायााकन भएको हो । मुन्नीमा तराई क्षेत्रको दाइजोप्रथा र यसले निम्त्याउने चेलीबेटी बेचबिखनको समस्यालाई देखाइएको छ । चलचित्रमा दाइजो दिनु नपर्ने भन्दै नचिनेको मान्छेलाई छोरी सुम्पिादा आइपरेको जोखिमबारे सन्देश दिन खोजिएको छ ।
दीपक आचार्यको कथा रहेको मुन्नीमा धुर्मुस सुन्तलीसागै दीपक आचार्य, महेन्द्र झा, रूपा झा, गौरी नारायण ठाकुर, दिनेश रसिया, सरबन यादव, प्रेमनारायण झा, गजेन्दर ठाकुरलगायतले अभिनय गरेका छन् ।

















