–राज्यलक्ष्मी शाक्य
धेरै पहिलेदेखि जाने इच्छा हुँदा हुँदै पनि चन्द्रागिरिसम्म पुग्ने अवसर जुरेको थिएन । अवसर जुत्नका लागि पनि या त विशेष कार्यक्रम नै हुनु पर्दोरहेछ या त बाध्यता नै हुनुपर्ने रहेछ । विशेष कार्यक्रम बनेको थियो २०७३ मंसिर महिनाको १० गते । सो दिन चन्द्रागिरि गन्तव्यका लागि निर्माण भएको केवुलकारको उद्घाटन कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री पुस्पकमल दाहालबाट उद्घाटन हुने कार्यक्रमको निम्तो पाएर पनि त्यहाँ पुग्न नसक्दा पछुतो लागेको थियो । त्यो ऐतिहासिक स्थलमा पुग्न नपाउँदा सधैंजसो विशेष कार्यक्रमको सम्झना भइरहन्थ्यो ।
२०७३ साल पुस महिनाको आन्तिम दिन भने त्यो ठाउँमा पुग्नैपर्ने बाध्यता भयो यो पंक्तिकारलाई । दुईजना भारतबाट नेपाल घुम्न आएका पाहुनाहरुलाई घुमाउनुपर्ने बाध्यताले गर्दा त्यो ऐतिहासिक ठाउँमा पाइला टेक्न पाइयो । जनधारणा साप्ताहिक र स्वाभिमान नेपालको कार्यालय रहेको ठाउँ काठमाडौंको बल्खुबाट कलंकी हुँदै थानकोटसम्म पुग्न ठीक १ घन्टा लाग्यो । सडक विस्तार अभियानले धुलाम्य भएका घरहरुको अवस्था देख्दा नेपाली जनताले प्रदुषणसँग लड्न सक्ने शक्ति प्राप्त गरेका छन् भन्ने अनुभूति भयो । भारतबाट आएका पाहुनाले सडकको अवस्था देखेर दिग्दारी व्यक्त गरिरहन्थे । मैले भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तपाईले गरेको नाकाबन्दीको कारणबाट नेपालको सडक विस्तार अभियान पनि पछि परेको रहेछ भनेर सुनाइदिनु होला भनेर मनको आक्रोश पोख्न पनि मैले भ्याएँ । कलंकीको चोकमा चाइनाको सहयोगमा भैरहेको वैकल्पिक सडकको व्यवस्था कहिले पूर्ण होला र आवागमन सहज होला भन्ने कौतुहलता मनमा जागृत भैइरह्यो यात्रा अवधिभरि नै । थानकोट पार गरेपछि नागढुंगा तर्फको सडकलाई छोडेर देव्रेतिरको उकालो सडक लागेपछि देखिएको सडक विस्तारले नै चन्द्रागिरिको झल्को गराउन थालेको अनुभव भयो ५÷७ मिनेटमै चन्द्रागिरि पु¥याउनका लागि स्थापना गरिएको केवलकारको प्रस्थान कक्षसम्म पुगियो । केवलकारको प्रस्थान कक्षले नै पर्यटकहरुलाई लोभ्याउने आभास भयो । भारतबाट आएका मित्रहरुले त्यहींबाट काठमाडौं उपत्यकाको दृश्याअवलोकन गरेर सन्तुष्टि व्यक्त गरे । त्यही ठाउँबाटै हिँउले ढपक्क छोपेको हिमालय पर्वतको तस्वीर खिच्दै आ–आºनो क्यामेरामा कैद गर्न पर्यटकहरु तल्लीन भएका देखिन्थे । ‘माथि पुगे पछि झन् कस्तो होला ?’ सबैको मुखबाट यस्तै प्रश्न गरेको सुनिन्थ्यो ।
आधा घन्टाको प्रतिक्षा पश्चात केवलकारको यात्रा सुरु भएको हुनाले केवलकारको यात्रा यसभन्दा अघि पनि धेरै पटक गरिएको हो । नेपालमा पहिलो पटक केवलकार भिœयाउने श्रद्धेय दाजु लक्ष्मणबाबु श्रेष्ठको सम्झना त्योवखत मेरो मनमा आइरह्यो । पहिलोपटक केवलकार चढेर मनकामना दर्शन गर्न गएको क्षण पनि सम्झनामा आइरह्यो । दाजु लक्ष्मणबाबु श्रेष्ठको अतिथ्यमा केवलकार चढेर मनकामना पुग्दाको खुशीयाली यसपटकको केवलकार यात्रामा पनि अनुभव भयो केवलकार चढे पछि नै उकालो र हरियाली जंगल एकातिर त अर्कातिर काठमाडौं उपत्यकाको सम्पूर्ण दृश्य देखिने । चन्द्रागिरि पुग्न अलि समय लागे हुन्थ्यो भनेर मनले सोच्दा सोच्दै रमाइलो गर्दा–गर्दै चन्द्रागिरिको टापुमा केवलकारले प्रवेश गरेपछि हामी ओर्लन वाध्य भयौं ।
केवलकारबाट र्ओलिएपछि सवैभन्दा पहिले त समुन्द्र सतह भन्दा दुई हजार पाँचसय एकाइस मिटर हाइटमा आइपुगेको जानकारी पढ्न पाँउदा र त्यस्तो ठाउँमा पनि एकातिर हिंउ जमेको छ भने चारैतिर हरियाली छ । यस्तो प्रकृतिको बरदान भएको देश भारतीय मित्रहरुलाई सोधें–‘कैसा लगा काठमार्डौ ?’ वहुत अच्छा लग रहा है भनेर मित्रहरुले मेरो प्रश्नको उत्तर दिए । चन्द्रागिरिको टापुमा रहेको भालेश्वर मान्दिरमा पुग्ने मेरो ठूलो इच्छा पूरा गर्नु थियो त्यो ठाउँसम्म पुग्न अभैm ३० मिटर उँचाइ चढ्नु पर्दो रहेछ ।
चिसो हावाको सिरेटो अनि हल्का घामको स्पर्श लिंदै भालेश्वर मन्दिरसम्म पुगियो । क्रिश्चियन धर्मका अनुयायी ती दुईजना भारतीयमित्रहरुले निधारमा रातो टिका लगाएर भालेश्वर मन्दिरप्रतिको आस्था देखाए । भालेश्वर मन्दिर बारेमा मैले उनीहरुलाई केही जानकारी गराएकी थिएँ । शायद त्यसैबाट प्रभावित भएर होा उनीहरुले रातो टिका लगाउन कुनै संकोच मानेनन् ।
भालेश्वर मन्दिरको दर्शन पछि हामीहरु भ्यू टावरतर्पm लाग्यौं भ्यू टावरबाटै काठमाडौंलाई हेर्ने इच्छा भने पूरा भएन । भ्यू टावर खेलेको रहेनछ । केही प्राविकि कारणले त्यो अवसर प्राप्त नभएपछि हामी केही खाने व्यवस्थातिर लाग्यौं । खाजा र खानालगायत त्यहाँ निकै महँगो हुन्छ भन्ने सञ्चारमाध्यमहरुमा पढेकाले सर्वप्रथम मूल्य बुझेरै मात्र खाजा खाने निष्कर्षमा पुगेर सबै खानेवस्तुको मूल्य जानकारी लियौं । काठमाडौं उपत्यकाका पसलहरुमा भन्दा अलिकति फरक भए पनि खासै महँगो भएको अनुभव गरिएन । आपूmलाई इच्छा लागेको खाजा खाएर बच्चाहरुको घुइँचो लागेको ठाउँतिर लाग्यौं । त्यहाँ बच्चाहरुको खेल मैदान नै रहेछ । बच्चाहरु रमाइलो मान्दै खेलिरहेको देख्दा आफ्ना बच्चाहरुमाथि अन्याय गरेजस्तो लाग्यो । बच्चाहरुले खेल्ने ठाउँमा कति रहरलाग्दो गरी कृत्रिम दुबोको कार्पाेटिङ गरिएको देखियो । यो ठाउँमा छोराहरुलाई घुमाउन ल्याउनुपर्छ है भनेर त्यहींबाट ४÷५ जना साथीहरुलाई मैले फोन पनि गरें । यो ऐतिहासिक ठाउँको जानकारी र नयाँ केवलकारको रमाइलो यात्रा एकपटक तपाईले पनि गर्ने तयारी गरिहाल्नोस् । पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका क्रममा काठमाडौं उपत्यका प्रवेश गर्दा पहिलोपटक खुट्टा टेकेर योजना बनाएको यो ठाउँ कस्तो होला ? आफै पुगेर मात्र अनुभव गर्न सकिन्छ । विदेशी पर्यटकहरुलाई आकर्षण गर्न सकिने यो ऐतिहासिक ठाउँको प्रचारमा सकारात्मक बन्न सबैको ध्यान पुगोस् भन्ने कामना पनि गर्न चाहन्छु । यसपटकलाई यत्ति !!
गाउँ पस्न थाले राजावादीहरु
काठमाडौं÷पार्टी एकीकरण पछि राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनका लागि देशभर निर्वाचन विशेष अभियान सुरु गरेको छ । केन्द्रमा एकीकृत भएको राप्रपा अब तल्लो तहबाटै एकीकरण अभियानमा जुटेको हो । फागुनको ६देखि ९ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप वडा, गाउँ, नगर, क्षेत्र र जिल्ला तहको नेतृत्व चयन गर्ने उद्देश्यले नयाँ सदस्यता वितरण अभियानलाई अन्तिम रुप दिई नामावली सङ्कलन गर्ने क्रम सुरु भएको छ । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यसमेत तल्लो तहबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था राप्रपाले अगाडि सारेपछि राजधानी र जिल्ला सदरमुकाममा रहने नेता पनि गाउँ पस्न बाध्य भएका छन् । नेताले गाउँ गाउँमा पुगेर आºनो स्थिति बलियो बनाउन सदस्यता वितरण गरेका छन् । साथै उनीहरुले पनि गाउँबाटै सदस्यता लिएका छन् । प्रवक्ता श्रेष्ठका राप्रपाले साधारण सदस्यको लगत सङ्कलन कार्य पनि सुरु गरेको छ । महाधिवेशन प्रयोजनका लागि विशेष अभियानका रुपमा मङ्सिर २५ देखि पुस २९ सम्म देशभर सदस्यता वितरण गरिएको थियो । सो अवधिभर सदस्य बनेकाहरुको यही माघ ७ गतेअगावै लगत संकलन गरी पार्टीमा अभिलेख राख्नुपर्ने जनाइएको छ । सोही नामावलीका आधारमा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ । नगरसमितिको वडा समिति गठन गर्नका लागि राप्रपाले कम्तीमा ५० जना साधारण सदस्य हुनुपर्ने प्रावधान राखेको छ । पार्टी एकीकरण भएपछि तल्लो तहदेखि माथिल्लो तहसम्मका सबै नेता तथा कार्यकर्ताले नयाँ सदस्यता लिनैपर्ने अनिवार्य गरिएको छ । तल्लो निकायको निर्वाचन गर्नका लागि माघ ७ देखि १५ गतेसम्म वडा, गाउँ, नगर अधिवेशन गर्न तोकिएको छ । त्यसपछि माघ २१ गते २४० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ । माघ २५ गते ७५ वटै जिल्लामा जिल्ला अधिवेशन गर्ने कार्यतालिका छ भने महाधिवेशनमा सबै क्षेत्रबाट गरी तीन हजार चार सय जना प्रतिनिधिले माग लिने जनाइएको छ ।
काशीराज दाहाल मातृशोकमा
काठमाडौँ÷ उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिका अध्यक्ष काशीराज दाहाललाई मातृशोक परेको छ । उहाँकी आमा सकुन्तला दाहालको ८३ वर्षको उमेरमा गत शनिबार काठमाडौँमा निधन भएको छ । लामो समयदेखि दमको समस्याबाट पीडित दाहालको पार्थिव शरीरलाई पशुपति आर्याघाटमा आइतबार अन्त्येष्टि गरियो । अन्त्येष्टिमा राजनीतिक दलका नेता, पूर्वमन्त्री, सांसद, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारका सचिव, पत्रकार, वकिललगायतको उपस्थिति थियो । दिबंगत दाहालका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।
सर्वोच्चप्रति बार आक्रामक
काठमाडौं ÷न्याय परिषद्ले उच्च अदालतमा गरेको ८० न्यायाधीश सिफारिस निर्णयप्रति सर्वोच्च अदालत बार एसोसिएसन आक्रामक बनेको छ । सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट सचिव अधिवक्ता विष्णु लुइँटेलले आइतबार विज्ञप्ति जारी गर्दै निर्णयप्रति आपत्ति प्रकत गरेका छन् । तीन सदस्यको मात्र उपस्थितिमा भएको निर्णयबाट संवैधानिक व्यवस्थालाई बेवास्ता गरिएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी सचिव लुइँटेलले आइतबार नै अर्को विज्ञप्ति जारी गर्दै घूस लिने क्रममा पक्राउ गरिएका अदालतका कर्मचारीलाई कानुनबमोजिम गर्न गराउन माग गरेका छन् । ‘‘घूस लिएको अभियोगमा र¨ेहात पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीशको आदेशमा हिरासतमुक्त गरेको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार जस्तो जघन्य कसुरमा घूस दिने, लिने, दिलाउने समेतलाई कानुनबमोजिम गर्न गराउन यो बार जोडदार माग गर्दछ ।’
अख्तियारले ललितपुर जिल्ला अदालतका नायब सुब्बा श्याम अर्याललाई घूस लिँदै गर्दा एक होटलबाट पक्राउ गरेको थियो । अदालतका कर्मचारीलाई न्याय सेवा आयोग ऐन अन्तर्गत कारबाही गरिने भन्दै सर्वोच्च अदालतले अख्तियारको हिरासतबाट निजलाई मुक्त गराएको थियो ।
सरकारबाट बाहिरिने राप्रपाको चेतावनी
काठमाडौं÷ राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रहित अनुकूल नरहेको संविधान संशोधन विधेयक पारित गर्न खोजे सरकार नै छाड्ने चेतावनी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई सरकारमा लगि संशोधन पारित गर्ने योजना बनाइरहेका बेला राप्रपाले यस्तो चेतावनी दिएको छ । दुवै दलका नेताले पार्टी अध्यक्ष सरकारमा नजाने घोषणासमेत गरेका छन् । राप्रपा र फोरम लोकतान्त्रिक प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने भन्दै जनतामा भ्रम छर्ने काम भएको भनी दुवै पार्टीका नेताले दुःख व्यक्त गरेका छन् । राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरिले अध्यक्ष थापा यथास्थितिमै दाहाल नेतृत्वको सरकारमा सहभागी नहुने प्रस्ट पारेका छन् । जसका लागि सरकारले संविधान संशोधन गर्न खोज्दै छ, त्यही मधेसी मोर्चाले आफ्नो माग संशोधन विधेयकले पूरा गर्न नसक्ने भन्दै गर्दा यथास्थितिमै संशोधन गर्नु वेठीक भएको स्पस्ट पारेका छन् । सरकार जबर्जस्ती अघि बढे परिणाम निकै नराम्रो हुने गिरिले प्रस्ट पारे । ‘यथास्थितिमै सरकारले संविधान पारित गराउन खोजे सरकारमा रहेका हाम्रा मन्त्रीसमेत फिर्ता बोलाइन्छ,’ गिरिले चेतावनी दिएका छन् ।
माछा मार्ने जात्रा प्रारम्भ
भक्तपुर÷ मल्लकालीन नवर्दुगाको माछा मार्ने जात्रा भक्तपुरमा गत शनिबारबाट सुरु भएको छ । आगामी साउन महिनाको भलभल अष्टमीसम्म सञ्चालन हुने उक्त जात्रा १ माघदेखि भक्तपुरका विभिन्न ठाउँमा शुरु भएको छ । भक्तपुर नगरपालिकाका २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा भक्तपुरको सूर्यमढीबाट सुरु भएको छ । त्यसपछि दत्तात्रय, क्वाठण्डौं, गछें, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेँमा प्रदर्शन गरिएको छ । तौमढी, तालाको, पोटरी स्क्वायर, नासमना, गहिटीँ, क्वाछे, टिबुक्छे, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेमा प्रदर्शन गरिने छ । दिउँसो मनाउँदा यो जात्रालाई यहाँको नेवारी भाषामा ङालाक्यो र राति मनाउँदा चाप्याखं भन्ने गरिन्छ । ङालाक्यो जात्रा भक्तपुरको टोलटोलमा देखाउने परम्परा छ । कतिपय स्थानीय बासिन्दाले देवगणलाई आफ्नै घरमा लगेर पूजा गर्ने, सत्कार गर्ने, भोजन गराउने र दक्षिणा दिने चलन छ । यसो गर्दा आगामी एक वर्षसम्म सबै राम्रो हुने, दशा नाश हुने र उन्नति हुने जनविश्वास छ । स्थानीयवासीले नवदुर्गा भवानीको प्रतीक मानेर सुङ्गुरलाई राति खेतखेतमा लगेर अन्नबाली छुवाएर ल्याउने परम्परा छ । यस परम्परालाई ‘लियो लियो पायो पायो’ भन्ने प्रचलन रहेको छ । यसो गर्दा सुङ्गुर लगेको खेतमा कृषि उत्पादन निकै राम्रो हुने जनविश्वास छ ।
बल्ल सुरु भयो सर्वेक्षण
खोटाङ ÷ महाभूकम्प गएको १९ महिनापछि आएर यहाँ पुनर्निर्माणका लागि सर्वेक्षण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर आइपुगेपछि पुनर्निर्माणका लागि सर्वेक्षणको काम सुरु गरिएको हो । माक्पा, हौंचुर, खिदिमा, पाथेका, खार्ताम्छा, च्यास्मीटार, बाहुनीडाँडा, हलेसी, दुर्छिम, विजयखर्क, अर्खौले, सल्ले, बतासे, खार्पालगायतका गाविसमा एकैसाथ गत बिहीबारदेखि भूकम्पपीडितको नामावली संकलन, प्रमाणीकरण, अनुदान सम्झौतालगायतका काम सुरु गरिएको जनाइएको छ । गत १४ पुसमै आइपुग्ने भनिएको इन्जिनियर ढिलो आउँदा भूकम्पपीडितको नामावली संकलन, प्रमाणीकरणलगायतका काममा दुई साता ढिलाई भएको तथ्यांक विभाग जिल्ला लागत संकलन व्यवस्थापन कार्यालयले जनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्रधिकरणका अनुसार लाभग्राहीको खातामा पहिलो किस्ताबापत ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र अन्तिममा १ लाख अनुदान उपलब्ध गराइनेछ ।
यस्तो पनि हुन्छ ?
झापा ÷ सुशील कोइराला प्रधानमन्त्री रहेका बेला राजनीतिक पीडितको स्वास्थ्योपचारका लागि सरकारले सहयोगबापत दिने भनिएको २ लाख रुपैयाँमध्ये जनआन्दोलनका एक घाइतेको आधा रकम गायब भएको पाइएको छ । जनआन्दोलनमा घाइते भएका मेचीनगर–६ धुलावारी निवासी ५६ वर्षीय दिलीप प्रधानले पाउनुपर्ने रकम गायब भएको जनाइएको छ । २०४६ सालको ऐतिहासिक जनआन्दोलन २४ चैतमा काठमाडौंको बागबजारमा पञ्चायतविरुद्ध जुलुसमा सहभागी भएका बेला छातीमा गोली लागेर उनी घाइते भएका थिए । छातीमा गोलीको दाग बोकिरहेका उनले अहिले पनि घाउबाट पिप बगिरहने गरेको जनाइएका छन् । प्रधानलाई २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषद्को निर्णयअनुसार दुई लाख रुपैयाँ उपचार सहयोग दिने निर्णय भएको थियो ।
गाँजासहित पूर्व प्रहरीपत्नी पक्राउ
महोत्तरी ÷ लागूऔषध गाँजासहित पक्राउ परेका मकवानपुरको हाडिखोला–५ की ५५ वर्षीया सीता राउत क्षत्रीलाई महोत्तरी प्रहरीले शनिबार सार्वजनिक गरेको छ । यात्रुबाहक बसमा चढी बर्दिबासबाट जलेश्वरतर्फ जाँदै गरेकी राउतलाई प्रहरीले जाँच गर्दा पाँच किलोग्राम लागूऔषध गाँजासिहत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वप्रहरी हवलदारकी श्रीमती रहेकी राउतलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी लागूऔषध मुद्दा चलाएर अनुसन्धान भइरहेको छ ।
डलर र सुनको तस्करीमा उच्च निकाय
काठमाडौं÷ ३३ किलो सुन बरामद भएलगतै रसुवाको केरुङ नाकाबाट काठमाडौं भित्रिएको १५ किलो सुन र काठमाडौंबाट केरुङ नाका हुँदै चीन लैजाने तयारीमा रहेको दुई लाख ६० हजार डलर गत शनिबार बरामद भएको छ । काठमाडौं–रसुवा रुटमा चल्ने गोसाइँकुण्ड यातायातको ना. १ज ४९६४ नम्बरको टाटा सुमो गाडीको ब्याट्री राख्ने ठाउँमा लुकाई राखेको अवस्थामा १५ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै ठमेलबाट नागढुङ्गा नाका हुँदै डलर बोकेर रसुवा जाँदै गरेको अवस्थामा बा.१ य १२३२ नम्बरको स्कारपियो गाडीसहित तीन चिनियाँ नागरिक र एक नेपालीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ बरामद सुनको वर्तमान बजार मूल्य सात करोड दुई लाख र डलरको भाउ चार करोड २६ लाख रुपियाँ हुन्छ । तर यी दुई घटनाबीच आपसी सम्बन्ध नरहेको अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले स्पष्ट पारेका छन् । सुनसहितको गाडीसँगै गाडीका चालक भक्तपुर सूर्यविनायकका रवीन्द्र भुजेल पनि पक्राउ परेका छन् भने बोेकेर हिँडेका महिलासहित तीन चिनियाँ नागरिक र गाडी चालक पेम्बा तामाङलाई पनि प्रहरीले पक्राउ गरेको थियो । यसरी पटक–पटक डलर सुनको तस्करी भईरहँदा पनि मुख्य मालिक पक्राउ नपर्नु आश्चर्यजनक मानिएको छ । यसले गर्दा यस्तो तस्करी कार्यमा उच्च निकायकै संलग्नतालाई आशंका गर्न थालिएको छ ।
भूकम्पपीडितले राहत अझै पाएनन्
सिन्धुपाल्चोक ÷ भूकम्पले क्षति पु¥याएको जिल्लाका पीडितले न्यानो कपडा खरिद र अस्थायी आवासका लागि पाउने सरकारी सहयोग अझै पाउन नसकेको खुलासा भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले जिल्लाका ७८ हजार ५३७ घर पूर्ण क्षति भएका थिए । भूकम्प गएको केहि महिनापछि तत्कालीन सरकारले भूकम्पपीडितलाई अस्थायी आवासका लागि १५ हजार रुपियाँ र जाडो छल्न न्यानो कपडा खरिदका लागि १० हजार नगद दिएको थियो । भूकम्प गएको २१ महिना बितिसक्दा पनि अझैं कयौं पीडितले उक्त सहयोग नपाउँदा गुनासो बढेको छ । किरिया खर्च पाउनुपर्ने २५ परिवार र पारिवारिक राहत पाउनुपर्ने ५४ परिवार पनि वञ्चित रहेका छन् । किरिया खर्चबापत ४० हजार र पारिवारिक राहत एक लाख रुपियाँ सरकारले पीडित परिवारलाई दिदै आएको छ । सो शीर्षकमा अझै रकम आएको छैन ।
सिटामोल पाउन छोडे जनताले
कालिकोट÷ देशमा जनयुद्धबाट आएका नेताहरुको सरकार छ ,तर जनतालाई सिटामोल समेत खान नपाएर ज्यान गुमाउनु पर्ने अवस्था देखापर्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका अनुसार सिटामोल, मेट्रो, डाईजिन, बुस्कोपान इन्जेक्सन, एसिलक, कोट्रीमलगायतका औषधिको यहाँ अभाव भएको छ । कालिकोट जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मोहमद ओजयर आलमले जिल्लामा औषधि अभाव भएको भन्दै अहिलेकै अवस्था रहेपछि अबको दुई महिनापछि जिल्लाभरि औषधिको हाहाकार हुने जनाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको स्टोरमा कार्यरत देउरुपा सहकारीले जिल्ला स्वास्थ्य कार्यलयको औषधि स्टोरमा धेरैजसो अत्यावश्यक औषधि न्यून मात्रामा रहेकोले अभाव बढ्ने चेतावनी दिएका छन् । सरकारी नीति अनुसार जिल्ला अस्पतालमा ७० प्रकारका औषधि, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्य संस्थामा ३७ प्रकारका औषधि निःशुल्क पाउने भनिए पनि कालिकोटमा ती औषधि पर्याप्त मात्रामा नभएकोले जनता समस्यामा परिरहेको जनाइएको छ ।


















