विषालु सर्पलाई आफ्नो साथी ठान्छिन् भारतको महाराष्ट्रस्थित बुलढाणाकी वनिता बोरहाडे । सर्पलाई माया गर्छिन् र थुप्रै सर्प समाउँछिन । उनले हालसम्म ५१ हजार सर्प समाएकी दावी गर्छिन् । १२ वर्षकी हुँदादेखि सर्प समाउने काम गर्न थालेकी विनिताले अहिलेसम्म आधा लाख भन्दा बढी वटा सर्प पक्रिसक्दा पनि उनलाई अहिलेसम्म कुनै सर्पले डसेको छैन ।
अझ अनौठो कुरा त के भने उनले सर्प समाउन सर्पको पछि पछि कुँद्नु पर्दैन, सर्प नै उनीतिर आउँछन् । सर्प जति नै ठूूलो र विषालु होस् वनितालाई देखेपछि उनीतिर आउँछन् । वनिताले सर्प देख्नेवित्तिकै त्यो विषालु भए नभएको पत्तो पाउँछिन् । आफ्नो मोबाइलको प्रकाशको सहायताले मात्रै पनि उनले कैयौं सर्प समातिसकेकी छिन् ।


















