काठमाडौं । गरिमा विकास बैंकले वैशाख १४ गतेदेखि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्कासन गरेको छ । बैंकले एक सय रूपैयाँ अंकित मूल्यको ९० लाख ७६ हजार दुई सय ९६ दशमलव ६६ कित्ता सेयर निष्काशन गरेको हो ।
बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एस क्याटिल रहेको छ । हकप्रदमा सेयर विक्री प्रबन्धक एस क्यापिटल, गरिमा विकास बैंकका शाखा कार्यालय, एस डेभलपमेन्ट बैंकको शाखा कार्यालय, महालक्ष्मी विकास बैंक, र एक्सेल डेभलपमेन्ट बैंकका शाखा कार्यालयहरूबाट जेठ १७ गतेसम्म हकप्रदमा आवेदन गर्न सक्नेछन् । गत चैत २९ गतेसम्मका सेयरधनीले मात्रै हकप्रदका लागि आवेदन दिन पाउनेछन् । शुभेच्छा विकास बैंकलाई गाभेको गरिमाको एक अर्ब आठ करोड रूपैयाँ चुक्तापूँजी रहेको छ । ७० प्रतिशत हकप्रद निष्कासनपश्चात् बैंकको पूँजी दुई अर्ब २० करोड रूपैयाँ हाराहारीमा पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पु¥याउने क्रममा बैंकले ७० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ९५ लाख ४७ हजार रूपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २९ रूपैयाँ ५३ पैसा कायम गरेको छ ।

















