जहाँसुकैबाट शरीर मोड्न सक्ने

252

यो दुनियाँमा विचित्र मानिसहरूको कमी छैन । के तपाईंले रबर जस्तै मोडिन तथा बटारिन सक्ने मानिस देख्नुभएको छ ? सायद छैन होला । तर भारतमा एकजना यस्ता युवक छन्, जसको जिउ रबरजस्तै लचकदार छ ।

भारतको सुरतमा बस्ने १८ वर्षका यश शाह झ्वाट्ट हेर्दा सामान्य युवक जस्तै छन् । तर, उनले आफ्नो जिउको लचकता देखाए भने देख्नेहरू नै हैरान हुन बाध्य हुन्छन् । यिनले जिउलाई यसरी रबर जस्तै गरी बटारिदिन्छन् कि मानौँ उनको जिउमा कुनै हड्डीहरू नै छैनन् । उनले आफ्नो गर्धनलाई १८० डिग्री बटारेर अनुहारलाई पिठ्यूँतर्फ फर्काउन सक्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here