निर्जीवन बीमा कम्पनीहरूको नाफा ५० प्रतिशत बढ्यो

128

काठमाडौं / सञ्चालनमा रहेका १७ निर्जीवन बीमा कम्पनीहरूको नाफा २० प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाशमा १ अर्ब ५८ करोड रूपैयाँ कमाएका कम्पनीहरूले चालू आवको तेस्रो त्रैमासमा भने २ अर्ब ३७ करोड रूपैयाँ कमाएका हुन् ।

प्रतिशतले एनबी, रकमले युनाइटेड अगाडि

प्रतिशतको आधारमा एनबी इन्स्योरेन्स नाफामा सबैभन्दा अगाडि छ । कम्पनीको नाफा १ सय ८१ प्रतिशतले बढेर ६ करोड २० लाख रूपैयाँ पुगेको छ । त्यस्तै, रकमको आधारमा सबैभन्दा अगाडि रहेको शिखर इन्स्योरेन्सको नाफा २८ प्रतिशतले बढेर २६ करोड रूपैयाँ पुगेको छ । प्रभु इन्स्योरेन्सको नाफाको वृद्धि दर सबैभन्दा सुस्त रहेको छ ।

चुक्ता पुँजी पुग्न ९ अर्ब आवश्यक

यी संस्थाहरूलाई बिमा समितिले तोकेको पुँजी पुर्याउन ९ अर्ब रूपैयाँ आवश्यक पर्ने भएको छ । हालै निर्जीवन बिमा कम्पनीको लागि समितिले २०७५ असारसम्ममा चुक्तापुँजी १ अर्ब रूपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्रिय बीमा कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई ८० करोडभन्दा बढि पुँजी चाहिने देखिएको छ । एभरेष्टमा संस्थापकहरूले ७ करोड ४८ लाख रूपैयाँ अग्रिम राखे पछि पनि यत्ति रकम कम देखिएको हो । नेकोमा संस्थापकहरूले २० करोड रूपैयाँ र प्रभुको १० करोड रूपैयाँ अग्रिम राखेका छन् । शिखर इन्स्योरेन्सलाई १९ करोड रूपैयाँ भए पुँजी पुग्ने देखिएको छ ।

भुक्तान गर्न १३ अर्ब बाँकी

यी संस्थाहरूले ग्राहकलाई तिर्न बाँकी दाबी भुक्तानी १३ अर्ब ३४ करोड रूपैयाँ रहेको छ । भुक्तान हुन दाबी रकममा १४ प्रतिशतले वृद्धि भएको हो । कतिपयको भूकम्पपछिको दाबी भुक्तानी रकम पनि तिर्न बाँकी नै रहेकोले यो रकम उच्च रहेको छ । सबैभन्दा धेरै बाँकी दाबी भुक्तानी हिमालयन इन्स्योरेन्सको रहेको छ ।

कम्पनीको बाँकी दाबी भुक्तानी ४ अर्ब ३७ करोड रूपैयाँ रहेको छ । बीमा समितिको पछिल्लो तथ्यांकअनुसार भने हिमालयनमा परेको भूकम्पपछिको दाबी ४ अर्ब ९० करोड रूपैयाँ मध्ये ३ अर्ब ८५ करोड भुक्तानी भएको छ ।

कम्पनीहरूको कुल बीमा शुल्क आर्जन भने ३७ प्रतिशतले बढेर १३ अर्ब १३ करोड पुगेको छ । गत आवको चैतसम्ममा भने ९ अर्ब ५४ करोड रूपैयाँ आर्जन रहेको थियो । व्यवसायमा भएको यस्तो वृद्धिको आधारमा नेको इन्स्योरेन्स अग्रिम स्थानमा छ ।

कम्पनीको ६५ प्रतिशतले यस्तो आर्जन बढेर १ अर्ब पुगेको छ । रकमको आधारमा भने शिखर इन्स्योरेन्स अग्रिम स्थानमा छ । कम्पनीको यस्तो आर्जन २ अर्ब रूपैयाँ रहेको छ ।

कम्पनीहरूको जारी बीमा लेख संख्या १२ लाख ५० हजार पुगेको छ । बीमा लेखमा ४० प्रतिशतले वृद्धि भएको हो । कम्पनीहरूको जगेडामा ३ अर्ब ९८ करोड रहेको छ । जगेडामा ८ प्रतिशतले वृद्धि भएको हो । ओरियण्टल इन्स्योरेन्सको भने ८ करोडले जगेडा ऋणात्मक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here