नेपालको संकटमा छिमेकी भारतको भूमिकाको अपेक्षा

146

राधा बुढाथोकी मगर

जनधारणा साप्ताहिक

उत्तर र दक्षिणका विशाल छिमेकी देशहरुको बीचमा अवस्थित हाम्रो देश नेपाल निकै सानो भूभाग भए पनि यो देश दुवै छिमेकी देशहरुको लागि सामरिक महत्व रहादै आएको छ । उत्तरतिर हिमाली शृंखलाले पर्खालको काम गरेको छ भने दक्षिणतिरको समतल भूभागले खुला सिमानाको वातावरणलाई सहज बनाइदिएको छ । भारत र नेपाल यस्ता देशहरु भएका छन्, जसलाई सिमानाका आधारमा अलग गराउन मुश्किल छ । दुवै देशका जनता व्यापारमा बााधिएका छन्, नातामा बााधिएका छन्, भाषामा बााधिएका छन्, संस्कृतिकमा बााधिएका छन् र संस्कारमा बााधिएका छन् । त्यसैले यी दुई देशका जनतालाई अलग गराउन कठिन छ । तर ठूलो देश भएको अहंकार भारतका शासकहरुमा जहिले पनि रहादै आएको छ । जुन कारणबाट दुई देशबीचको सम्बन्धको सामीप्यताभन्दा कटूता बढ्ने गर्दछ ।
हालै मात्र भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपालमा मधेस केन्द्रित राजनीति गरिरहेका दलका नेताहरुलाई सामूहिक रुपमा बोलाएर स्थानीय तहको निर्वाचनमा सहभागी हुन निर्देशन गरेको समाचार सार्वजनिक भएको पाइयो । गणतन्त्रमा भर्खरै पाइला टेकेको नेपाललाई छिमेकी देश भारतका राजदूतले गर्नुपर्ने सहयोग यस्तै खालको हुनुपर्ने हो । तर भारतीय राजदूतको भूमिका नेपालको संकट समाधान गर्नेतर्फ भन्दा नेपालमाथि संकट थोपर्ने तर्फ केन्द्रित रहेको अनुमान गर्न सकिन्छ । भारतीय राजदूतले मधेस केन्द्रित दलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा र शरत्सिंह भण्डारीलाई दिवाभोजको आमन्त्रण गरेर निर्वाचनमा सहभागी हुन निर्देशन गरेको खबरले नेपालको राजनीति कतातिर जाादैछ भन्ने संकेत पनि गरेको छ ।
२ सय ४० वर्षसम्म शासन गरेको राजसंस्थाालाई विघटन गरिएको दशवर्षको अन्तरालमा देखापरेको नेपाली राजनीतिको डरलाग्दो चित्र हाम्रा सामु छर्लङ्ग छ । भारत सरकारको विशेष सुझावमा नारायणहिटीबाट राजाले बिदाइ लिएपछि नेपालबाट राजतन्त्र विघटन भएको मानिन्छ । नेपालको संविधानसभाबाट विधिवत् रुपमा राजसंस्था विघटन गरिएको भए पनि यसको विघटनका लागि भारतको भूमिका महत्वपूर्ण रहेको छ । राजसंस्थाको विघटनपछि नारायणहिटीकै छेऊमा अवस्थित भारतीय राजदूतावास नारायणहिटीको भूमिकामा प्रस्तुत हुने प्रयास गरिरहेको छ । सकेसम्म सबै राजनीतिक दलहरुलाई निर्देशनबाट सञ्चालन गर्ने भारतीय राजदूतावासको कसरत रहादै आएको देखिन्छ । भारतीय राजदूतका रुपमा जुनसुकै व्यक्ति जिम्मेवारी सम्हाल्न आएका भए पनि उनको भूमिका नेपालका राजनीतिक दलका नेताहरुका लागि निर्देशकको जस्तै रहादै आएको छ, राजाको वैकल्पिक शक्तिको रुपमा ।
नेपालको यस्तो अवस्थाले भारतप्रति नेपाली जनतामा नकारात्मक भावना पैदा हुनु स्वाभाविक हो । नेपाल राजनीतिक संक्रमणको अवस्थामा छ । नेपाललाई यो अवस्थाबाट माथि उठाउन भारतको भूमिका महत्वपूर्ण हुनसक्दछ । भारतले मधेस केन्द्रित दलहरुलाई उक्साएर नेपालको समस्या झनै जटिल बनाउने काम गर्नुभन्दा समस्या समाधान कसरी हुन्छ भन्नेतर्फ सोच्नु भारतकै निम्ति पनि हितकर हुने देखिन्छ । नेपालमा भारतविरोधी भावना ह्वात्तै बढेर गएको छ । भारतको दमनकारी र हस्तक्षेपकारी गतिविधिका विरुद्ध दृढ अडान लिने राजनीतिक व्यक्ति अथवा दलप्रति नेपाली जनताको आस्था र सद्भाव बढ्ने गरेको छ । भर्खरै सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको चुनावको नतिजाले यस्तो संकेत गरेको छ । नेकपा एमालेले बढी सिटसंख्या प्राप्त गर्नुको पछाडि भारतीय हस्तक्षेपको विरोधमा एमालेको नेतृत्वले देखाएको भूमिका नै पर्याप्त छ । त्यसैले भारतका तर्फबाट नेपालको संकट समाधान कसरी हुन्छ भन्ने सवालमा नेपालका राजनीतिक दलहरुलाई सहयोग पुर्‍याउनु छिमेकी सबैभन्दा बुद्धिमानी ठहर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here