चितवन क्षेत्रनम्बर ३ मा प्रचण्डको उमेदवारी दर्ता

225

चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन क्षेत्रनम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा माओवादीका अमिक शेरचन र समर्थकमा एमालेका रामजी प्रसाद सापकोटा रहेका छन् ।
यसैगरी वाम गठवन्धनबाट एमालेहरु नेता सुरेन्द्र पाण्डेले चितवन क्षेत्रनम्बर १ मा र कृष्णभक्त पोखरेलले क्षेत्रनम्बर २ मा उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेको समर्थनमा उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियामा आएको ११ वर्षपछि गृहजिल्लाबाट चुनाव लड्न पाउँदा खुशीको अनुभूति भएको जनाएका छन् ।

७० वर्षको राजनीतिमा अस्थीर सरकार बनेकाले राजनीतिक स्थायीत्व र आर्थिक विकासको लागि वाम गठवन्धन आवश्यक परेको समेत प्रचण्डले भनाइ छ । एमाले र माओवादीबीच एकता गर्ने उद्देश्यले अहिले गठवन्धन गरेको भन्दै प्रचण्डले भने, ‘यसले देशमा तीव्र आर्थिक समृद्धि र स्थीर सरकार ल्याउँछ ।’

अहिले वामपन्थी र लोकतान्त्रिक गठवन्धनको ध्रुवीकरण देशका लागि राम्रो भएको भन्दै उनले यसबाट राजनीतिक स्थीरता हुने विश्वास व्यक्त गरे ।

उम्मेदवारी दर्ता गराएपछि एमाले नेता सुरेन्द्र पाण्डेले माओवादी र एमालेसँग मिलेर चितवनको मात्रै होइन देशकै आर्थिक विकास गर्ने उल्लेख गरेका छन् । उनले भने, ‘हामी दाजुभाइ मिलेर चितवनको त विकास भइनै हाल्छ देशको समेत विकास गर्छौं ।’ प्रचण्ड पूर्व प्रधानमन्त्री र आफू पूर्वअर्थमन्त्री भएकाले विकास र आर्थिक समृद्धिमा योगदान दिने उनको भनाइ थियो ।

वाम र लोकतान्त्रिक ध्रुवीकरणले धेरै पार्टी नहुने भएकाले देशमा राजनीतिक स्थायीत्वमा सघाउ पुग्ने र स्थीर सरकारबाट आर्थिक समृद्धि हुने उनको विश्वास थियो ।

सुरेन्द्र पाण्डेको प्रस्तावकमा प्रभा बराल र समर्थकमा लालमणि चौधरी छन् । यसैगरी कृष्णभक्त पोखरेलको प्रस्तावकमा देवी ज्ञवाली र समर्थकमा कृष्णप्रसाद न्यौपाने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here