पत्रकार सम्मेलनबाटै पत्रकार पक्राउ

133

काठमाडौं / प्रहरीले पत्रकार प्रकाश डुम्रेलाई एमाले–माओवादी केन्द्रको पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेको छ । रूपन्देही एमाले र माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालय बुटवलमा आयोजना गरेको संयुक्त पत्रकार सम्मलेनको रिपोर्टिङका लागि पुगेका पत्रकार डुम्रेलाई प्रहरीले पत्रकार सम्मेलनस्थलबाटै गिरफ्तार गरेको हो ।
गर्जन पोष्ट साप्ताहिकका प्रधान सम्पादक डुम्रे नेपाल पत्रकार महासंघ रूपन्देही शाखाका कार्यसमिति सदस्यसमेत हुन् । प्रेस स्वतन्त्रताको धज्जी उडाउँदै पत्रकारमाथि धरपकड गरेर गिरफ्तार गरेको भन्दै नेपाल पत्रकार महासंघ,रूपन्देही साखाले आपत्ति जनाएको छ । महासंघले डुम्रेको तत्काल रिहाइको मागसमेत गरेको छ ।
यता क्रान्तिकारी पत्रकार संगठन नेपालले आफ्ना लुम्बिनी ब्युरो संयोजक पत्रकार डुम्रेलाई गिरफ्तार गरेको भन्दै घोर भत्सर्ना गरेको छ । संगठनका अध्यक्ष प्रभात चलाउनेले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निरन्तर हस्तक्षेप गरेर लोकतन्त्रको खिल्ली उडाएको जनाए ।
‘संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार अहननीय अधिकार हुन् । त्यसको संरक्षण गर्नपर्ने सरकारले उल्टै कुल्चँदै हिड्नु निन्दनीय छ ।’ अध्यक्ष चलाउनेले भने, ‘नाम नै संकलन गरेर माथिको आदेश भन्दै पत्रकारहरूलाई कार्यकक्ष र कार्यक्षेत्रबाटै गिरफ्तार गर्नु भनेको आम प्रेस जगतमाथिको हमला हो ।’                         (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here