मरेपछि भ्रष्टाचारमुक्त खड्का !

140

काठमाडौं / नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएका खुमबहादुर खड्का ६७ वर्षको उमेरमा अस्ताए । उनको जीवन राजनीतिक परिवर्तनमा संघर्षरत रह्यो । आपूm कार्यरत पार्टीको निर्देशनलाई आत्मसात गर्दै महत्वपूर्ण जिम्मेवारीहरू निर्वाह गर्दै आएका खड्कालाई राजाको प्रत्यक्ष शासनकालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा लगायो । त्यो मुद्दा राजतन्त्रको समाप्ति भइसकेपछि विशेष अदालतबाट खड्कालाई निर्दाेष साबित गर्दै फैसला भएको थियो । विशेष अदालतको फैसला सर्वाेच्च अदालतबाट केही उल्ट्याएर खड्कालाई ९४ लाख आयस्रोत खुल्न नसकेको सम्पत्ति देखिएको भन्दै भ्रष्टाचार गरेको ठहर गरियो । त्यही भ्रष्टाचार ठहर गरिएको मुद्दाका कारण खड्काले जेलजीवन बिताउनुप¥यो ।

 

जेलजीवनका क्रममा उनलाई समस्या देखिएको स्वास्थ्य जटिल बन्दै गएपछि उनको मृगौलामा संक्रमण देखापरेको पुष्टि भएको थियो । मृगौलाको समस्या क्रमिक रूपमा बढ्दै गएपछि मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्थासम्म पुग्यो । मृगौला प्रत्यारोपण गरेपछि पनि उनको स्वास्थ्य झन् जटिल बन्दै गयो । त्यसपछि पाचन क्रियामा समस्या हुँदै गएर ब्रेन ह्यामरेजसम्मको अवस्था देखियो । अन्ततः दिल्लीको अपोलो अस्पतालमा खड्काले देहत्याग गरे । उनलाई काठमाडौंमै ल्याएर दाहसंस्कार गरियो । दाहसंस्कारका क्रममा खड्काले सशस्त्र प्रहरीबाट सम्मानगारद सलामी दिलाइयो । खड्कालाई भ्रष्टाचारमा आरोपित गरेर अपमानजनक व्यवहार गरेका राजनीतिक दलका नेताहरूले समेत श्रद्धाञ्जली दिन उनकै निवास धाएका देखिए ।

खड्कालाई राजनीतिमा सक्रिय हुन नदिनकै लागि भ्रष्टाचारमा आरोपित व्यक्ति चुनावमा उम्मेदवार हुन नपाउने कानुन बनाइयो । यो कानुन खुमबहादुर किनारा लगाउनका लागि मात्र बनाइएको हो भन्ने कुरा आजका भ्रष्ट नेताहरूका जीवनशैलीबाटै पुष्टि हुन्छ । खुमबहादुरलाई भ्रष्ट करार गरिसकेपछि उनको लासलाई सम्मान गारद सलामीको के अर्थ रह्यो ? यो प्रश्न पशुपति आर्यघाटमा खुमबहादुर खड्का जलिरहँदा उपस्थितहरूबीच निकै चर्चाको विषय बनेको सुनियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here