मोदी भ्रमणमा केपी ओलीले राष्ट्रघात गरेको विप्लबको दावी

295

राष्ट्रघात विरुद्ध ३० गते आइतबार नेपाल बन्दको घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा केपी ओली नेतृत्वको सरकारले राष्ट्रघात गरेको विप्लव नेतृत्वको नेकपाले आरोप लगाउँदै आइतबार नेपाल बन्दको घोषणा गरेको छ ।

विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै मोदीको भ्रमणका क्रममा केपी सरकारले गरेको राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोधको गर्नु पर्ने अनिवार्यता ठान्दै बन्दको घोषणा गरेको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘केपीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोध नेपाल बन्दका रुपमा गरिएको छ ।’

विप्लवले मोदीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको राष्ट्रघात पटाक्षेप भएको दाबी गरेका छन् ।

नेकपाले जारी गरेको प्रेस विज्ञप्ति यस्तो छ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here