पहिरोले प्रहरी पोष्ट पुर्दा सात बेपत्ता

99

रसुवा, १० साउन । गएरातिको वर्षासँगै आएको पहिरोले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट सहित घरहरु पुर्दा ७ जना बेपत्ता भएका छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो । सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उद्धार गरी  टिमुरे स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पहिरो गएराति करिब १२ बजे गएको र आज बिहान सबेरैदेखि बेपत्ताको खोजीकार्य गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । यकिन तथ्यांक भने आउन बाँकी रहेको प्रजिअ पौडेलले बताए ।

घटनास्थलमा लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा पर्ने भएकाले निकुञ्जका मध्यवर्ती अध्यक्ष पेम्बा नुर्पु तामाङ, प्रजिअ, सुरक्षाका प्रमुखहरु घटनास्थलतर्फ गइसकेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here