कामु प्रधानन्यायाधीश जोशीको ओझेलमा परेको अनुसन्धानको विषय

227

संसदीय सुनुवाइका क्रममा कामु प्रधानन्यायाधीश दीपकराज जोशीले पेश गरेका प्रमाणपत्रमाथि आशंका पैदा भएपछि प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन हुन सकिरहेको छैन । शैक्षिक प्रमाणपत्र मात्र नभएर अन्य विषयमा पनि जोशीको छवी धमिलो नै देखिन्छ ।
हाल संसदीय सुनुवाइमा नपरेको तर निकै गम्भीर किसिमको उनको पृष्ठभूमिको निकै ठूलो आलोचना हुने गरेको छ । जोशीले आफ्नो स्वार्थसँग बाझिएका मुद्दामा पेसी सार्ने काममा उनको पृष्ठभूमि चर्चित छ । यसैक्रममा प्रेसकाउन्सिल सम्बन्धी मुद्दा ०७४ साउन ३१ गते अग्राधिकार प्राप्त मुद्दाको सूचीमा परेको हो । एक वर्ष वितिसक्यो, यसबीचमा १६ वटा पेसी तोकियो । अन्तिम पेशी ०७५ असार २९ मा सुन्दा सुन्दैको अवस्थामा थियो । असार १९ मा रहेको पेशी सुन्दा सुन्दै भनेर असार २९ मा तोकियो र २९ मा सुनुवाई नै नगरी भदौ २० मा पठाइयो । यो कामु प्रधानन्यायाधीश जोशीको विशेष निर्देशनमा भएको थियो ।  कामु प्रध्यानान्यायाधीशको संवैधानीक इजालसमा पेशी तोकिएकोमा सो दिन अन्य मुद्दाहरुको सुनुवाई भयो तर प्रेसकाउन्सिल सम्वद्ध मुद्दालाई यिनी कामु प्रन्या जोशीको निर्देशनमा ०७५ भदौ २० गतेलाई पेसी सारीयो । स्परणीय छ, सुन्दा सुन्दैका मुद्दालाई टुंगो नलगाएर पेशीबाट सारिएको यो पहिलो घटना बन्न गएको छ । विगत एक वर्ष देखि प्रेस काउन्सिल अध्यक्ष बिहिन अवस्थामा कामु अध्यक्षद्वारा चलिरहेको छ । सरकारले नयाँ अध्यक्ष नियुक्ति गर्न पनि पाएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here