गलत च्यानलबाट भित्रने लगानीमा लगाम लगाउँदै सरकार

173

सरकारले विदेशबाट गतल प्रयोजन र गलत च्यानलबाट नेपाल भित्रने लगानीमा अंकुश लगाउने संकेत गरेको छ । नेपालको सद्भाव भड्काउने तथा नेपाललाई खेल मैदान बनाउने उद्देश्यले भित्रने रकममा रोक लगाइने सरकारले तयारी गरेको छ । प्रधानमन्त्री केपी ओलीले शनिबार काठमाडौको जनवर्गीय संगठनको एकता घोषणा कार्यक्रममा सरकारले गलत ढंगले भित्रने रकममा रोक लगाउने घोषणा गरेका हुन् ।

अब गलत मनसाय राखेर गलत च्यानलबाट यूरो र डलर भित्रदैन्, ओलीले भने । प्रधानमन्त्री ओलीले विदेशबाट आउने धन बैकबाट मात्र भित्रन सक्ने बताए । गलत च्यानलबाट भित्र्ने रकममा रोक लगाउने तयारी गरेपछि कतिपयको दौडधुप बढेको ओलीको दाबी थियो । ओलीले कानुनी प्रक्रियाबाट लगाउन ल्याउन किन नहुने भन्दै प्रश्न समेत गरेका थिए । ओलीले नेपाल अब कसैको खेल मैदान हुन नसक्ने बताएका छन् । उनले नेपालको विविधतामाथि खेल्ने दुस्साहस नगर्न समेत चेतावनी दिएका छन् ।
आइएनजीओबाट गैरकानुनी रुपमा लगानी भित्र्याएर नेपालको भाषा, धर्म र सस्कृतिमाथि निरन्तर प्रहार भइरहेको गुनासो बढिरहेका बेला प्रधानमन्त्रीको यस्तो धारणा सार्वजनिक भएको हो । ओलीले आफूले पनि कसैको भूमिलाई खेल मैदान नबनाउने र अरुले बनाए त्यो पनि सह्य नहुने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here