चोरी अभियोगमा बाउ छोरा पक्राउ

254

ईनरुवा / ईनरुवा नगरपालिका-२ बस्ने ५० वर्षीय खुर्सिद खान र उनको १७ वर्षीय छोरा अब्दुल्ला खानलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट भारतीय रुपैयाँ ३० हजार ५ सय, नेपाली ७ हजार ३ सय ७० रुपैयाँ, १ थान ल्यापटप, १ थान माउन्टेन बाईक र १ थान अप्पो मोबाईल समेत प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँ बस्ने मनिषा देवले आफ्नो घरको दराजमा साउन ७ गते भारतीय रुपैयाँ १ लाख १० हजार र नेपाली ४ हजार राखेकोमा सोमबार दराज खोली हेर्दा पैसा चोरी भएको थियो । उक्त घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खानका बाबु छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरूले चोरी गरेको खुल्न आएको थियो । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here