राज्यमन्त्रीलाई पक्राउ गर्न परमादेश

88

विभिन्न मुद्दामा संघीय प्रहरीसँग टकरावमा उत्रिएको प्रदेश सरकार र प्रहरीबीच एकपटक फेरि घम्साघम्सी पर्ने संकेत देखिएको छ ।

उच्च अदालतबाट प्रदेश सरकारका एक राज्यमन्त्रीसमेतलाई पक्राउ गर्न प्रहरीलाई परमादेश भएपछि विवाद अझ चुलिने खतरा बढेको हो । उच्च अदालत जनकपुरले सशस्त्र प्रहरीका असई थमनबहादुर विक हत्याका आरोपितलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा उक्त कार्यालयका प्रमुखका नाममा मंगलबार परमादेश जारी गरेको छ ।

जिल्ला अदालतको आदेशलाई बेवास्ता गर्दै महोत्तरी प्रहरीले आरोपितलाई पक्राउ गर्न आलटाल गरेको भन्दै मृतककी श्रीमती शोभा गहतराजले चार महिनाअघि उच्च अदालत जनकपुरमा रिट दायर गरेकी थिइन् । उक्त रिटउपर सुनुवाइ गर्दै न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र डा. रवि शर्मा अर्यालको संयुक्त इजलासले मंगलबार जिल्ला प्रहरी कार्यालय र उक्त कार्यालयका प्रमुखका नाममा आरोपितलाई पक्राउ गर्न परमादेश जारी गरेको हो। नागरिक दैनिकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here