समयको महिमा
अपरम्पर जगत्मा
भोलि आज भेटिदैन
भोलि मेटिदैन
जीवन वित्दै जाने
जगतको नमेटिने
यो संसारिक नियमलाई
हामीलाई बुझ्नलाई
बन्नुपर्छ, बन्नुपर्छ
महामानव, महामानव
श्रृष्टिसँगै छाया बनी
साथमै हुन्छ बिनास पनि
अहो १ अहो १
कस्तो बिचित्रको नियम यो
हाम्रो हातमा नरहेको
हृदयदेखि आत्मचिन्तन गर्नसके
हामी सत्य बुझ्न सक्छौँ
हामी सुख भेट्न सक्छौँ
नबदलिने सांसारिक नियम भित्र
रीदेन महर्जन, कीर्तिपुर—१, बाघभैरव


















